
गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी जर्मनीेले बारा र पर्साका हावाहुरी पीडितका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने बताएको छ ।
एनआरएनए एनसीसी जर्मनीका अध्यक्ष विजय मोक्तानले एनआरएनए जर्मनीका तर्फबाट २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै जर्मनीस्थित क्षेत्रिय समन्वय परिषद्हरु, नेपाली संघ संस्थाहरु तथा जर्मनी निवासी नेपालीहरुमा यस दुःखद घडीमा सहयोगको हात बढाइदिनुहुन पनि अनुरोध गरेका छन् ।
मोक्तानले उक्त घटनामा परी मुत्युहुनेहरुमा श्रद्धान्जली व्यक्त तथा घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उक्त सहयोगको घोषणा गरेका हुन् ।
हावाहुरीको वितण्डाले लियो एकै गाउँका १३ को ज्यान,मृतकको संख्या २७ पुग्यो (नामावली सहित)
वि.सं.२०७५ चैत १८ सोमवार १४:२९ मा प्रकाशित