
१८ चैत्र, काठमाडौँ । आइतबार साँझ नेपालको तराईक्षेत्रमा विशेषगरी बारा, पर्सा जिल्लामा आएको हावाहुरीबाट अकल्पनीय रुपमा भएको जनधनको क्षतीप्रति नेपाली साझा मञ्च अन्तर्राष्ट्रिय समन्वय समितिले दुःख व्यक्त गरेको छ ।
मञ्चले हावाहुरीमा परी ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
मञ्चले घटनाका पीडितहरुलाई यथाशीघ्र राहत उपलब्ध गराउन, घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचार गर्न र घरबारविहिन भएकाहरुलाई आवासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै देश तथा विदेशमा बस्ने नेपालीहरुलाई पीडितका आफन्तहरुलाई सक्दो सहयोग गर्नसमेत माग गरिएको छ ।
वि.सं.२०७५ चैत १८ सोमवार १५:३५ मा प्रकाशित