
जनसम्पर्क समिति स्पेनले नेपाली नयाँवर्ष २०७६ भव्य रुपमा मनाउने भएको छ ।
बिबिध सांस्कृतिक कार्यक्रमका साथै मनाइने उक्त नयाँवर्षको कार्यक्रममा राष्ट्रिय गायिका प्रिती आले, गायक कृष्ण काफ्लेका साथै राष्ट्रिय÷अन्तराष्ट्रिय चर्चित कलाकारहरु तथा बालबालिकाहरुको नृत्य र गायन समेत प्रस्तुत गरिने अध्यक्ष इन्द्र प्रसाद शर्माले संसारन्युजलाई जानकारी दिएका छन् ।
कार्यक्रममा स्पेनमा रहेका नेपाली संघसंस्था तथा स्पेनबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई पनि उपस्थित हुन अध्यक्ष शर्माले अनुरोध गरेका छन् ।
कार्यक्रम दिउसो ४ः३० बाट साँझ ११ बजेसम्म हुने तथा टिकट शुल्क १० युरो रहेको पनि समितिले जानकारी दिएको छ ।
स्पेनमा विभिन्न चाडपर्व तथा उत्सवहरुको समय पारेर विभिन्न संघ÷संस्थाहरुले कार्यक्रम आयोजना गर्दै आइरहका छन् । हरेक बर्ष प्रवासमा मनाइने यस्ता सांस्कृतिक तथा मौलिक कार्यक्रमहरुमा नेपालीहरु रमाई रमाई नाच्दा हर्षोल्लासमय बाताबरणले मनोरन्जन त दिन्छ नै साथै आपसी एकता कायम राख्न र नेपाली कला संस्कृति तथा परम्पराहरुलाई जीवन्त राख्न भरपुर सहयोग पुर्याउदै आएको देखिन्छ ।
कार्यक्रमको विवरण
मिती- बैशाख १ गते (अप्रिल १४–२०१९)
समय – दिनको ४ :३० देखी सुरु
स्थान – cllae vifll\adomat 2 (पब्लेसेकको हल)
प्रबेश शुल्क–१० युरो
वि.सं.२०७५ चैत १८ सोमवार १८:१४ मा प्रकाशित