
मगर संघ बेलायतको नयाँ कार्यसमितिका लागि अनिता राना र ले.रि सुनिल रानाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
आउदो अप्रिल ६ तारिख हुन थालेको मगर संघ युकेको नयाँ कार्यसमिति अध्यक्ष पदका लागि दुई रानाले उम्मेदवारी दिएका हुन् ।
अध्यक्षमा सहमतिको अनेकौ प्रयास गरिए पनि दुवैले अध्यक्ष पद नछाड्ने अडान लिएपछि अन्तिममा निर्वाचनले नै अध्यक्षको टुंगो लगाउने निर्णयमा पुगेको बताइएको छ ।
‘कार्यसमितिका अन्य पदाधिकारीहरु निर्विरोध भइसकेको अवस्थामा अध्यक्षका लागि दुवैले आफ्नो अडान नछाडेपछि अन्नत प्रजातान्त्रिक रुपमा नेतृत्व चयन गर्ने निर्णय गर्दै निर्वाचनमा जानु परेको हो ।’ श्रोतले भन्यो । श्रोत भन्छ– ‘अब निर्वाचनमा आएको मत परिणामले नै अध्यक्षको छिनोफानो गर्नेछ ।’
स्मरण रहोस् मगर संघ नयाँ कार्यसमितिको लागि आइतबार (३१ मार्चसम्म) दावी विरोध र उम्मेदवारी दिने समय रहेको थियो । निर्वाचन आयोगका अनुसार अन्य पदमा सर्वसहमतबाट पदाधिकारी चयन भइसकेको छ भने अध्यक्षका लागि मात्र मतदान हुँदैछ ।
वि.सं.२०७५ चैत १८ सोमवार १८:५५ मा प्रकाशित
























