१९ चैत, काठमाडौं । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिबिधि प्रतिबन्ध गरेको १५ दिनभित्रै दुई सय ८० नेता–कार्यकर्ता पक्राउ गरेको छ ।
गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्त प्रकाश ओलीसहित थुप्रै नेता तथा कार्यकर्तालाई सरकारले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मध्ये ३५ जना सोधपुछपछि छुटेका छन् भने २ सय ४५ जनालाई हिरासतमा राखेर छानविन गरिहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।
अहिले सम्म कुन कुन शीर्ष नेता पक्राउ परे त ?
प्रहरीले विप्लन नेतृत्वको पार्टीको शीर्ष तहका मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ अघिल्लो शनिबार काभ्रेबाट पक्राउ परेका थिए ।
त्यस्तै पार्टी पोलिटव्युरो सदस्य मोहन कार्की ललितपुरबाट, केन्द्रीय सदस्य किरण राई ‘दीपेश’ धरानबाटबाट र केन्द्रीय सदस्य बन्धु चन्द अछामबाट पक्राउ परेका थिए । अरु ब्युरो, जिल्ला स्थानीय हका नेता तथा कार्यकर्ता पक्राउ परेको नेकपाले जनाएको छ । मंगलबारको नयाँपत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् ।
वि.सं.२०७५ चैत १९ मंगलवार ०७:११ मा प्रकाशित