back
CTIZAN AD

छामेर भेटेँ छोरी

वि.सं.२०७५ चैत १९ मंगलवार

501 

shares

१९ चैत, काठमाडौ । आइतबार साँझ ७ बजे । स्थान पर्सा,जगरनाथपुर । बिस्तारै अँध्यारो बढ्दै थियो । आकाश रिसाए जस्तो लाग्थ्यो । किनकि साँझ पर्दानपर्दै बादलका टुक्राटुक्रीले ठुलो रुप लिँदै थिए । जब रातले अधिकार जमाउन थाल्यो, हावाहुरीसँगै पानी पनि पर्यो । हेर्दाहेर्दै नदेखिने भयो ।

निमेषमै फुसका घर लड्न थाले । तिनै घरलाई छिमेकीको तीनतले घरले च्याप्यो । मान्छेहरु हाहाकार गर्न थाले । जीउ जोगाउन सबै भागे । तर पाँच वर्षीया समिना खातुन भाग्न सकिनन् । सायद उनले मेसो पाइनन् । च्याप्पिन् । र रोइन् ।

खातुनका दाइदिदी भने बुवाआमासँगै पछि लागे । घरबाट अलि परको बाटोमा पुगेका मात्र के थिए, खातुनका बाबु मन्सुरी मियालाई सन्तानको याद आयो । र हेरे । कान्छी छोरी समिनालाई देखेनन् । उनी आत्तिए । सबै पछिपछि आए होलान् भन्ठानेथेँ, उनले भने, नदेखेपछि घरतिर हेरेँ । अन्धकार थियो । धन्न छोरीको रुवाइ सुनेँ । र, त्उही पछ्याउँदै गएँ ।

खोज्दै जाँदा उनले केही छिन त छोरीलाई भेटाएनन् । उनी छामछुम गर्दै अघि बढे । र बल्लतल्ल छोरी भेटे । छोरीलाई खरको छानोले च्यापेको थियो । बिस्तारै त्यसलाई पन्छाए । अनि छोरीलाई काखी च्यापे । अनि भागे । मंगलबारको अन्नपुर्ण पोस्टमा दिनेश गौतमले लेखेका छन् ।

वि.सं.२०७५ चैत १९ मंगलवार ०७:३२ मा प्रकाशित

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो...

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र संयुक्त अरब इमिरेट्स (युएई)का...

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा...

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर...

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...