
१९ चैत, सुर्खेत । हुम्ला अझै सडक सन्जालमा जोडिएको छैन । हुम्लाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने एक मात्र विकल्प हवाई यातायात हो । तर, त्यो सर्वसाधारणको पहुँचमा छैन । विमान कम्पनीले कार्गो मात्र बोकने र यात्रुलाई बोकन नमानेपछि हुम्ली सुर्खेत र नेपागन्जमा अलपत्र पर्दै आएका छन् ।
यात्रुभन्दा कार्गो सामान ओसार्दा दोब्बर फाइदा हुने भएपछि विमान कम्पनीले अहिले सामान मात्र ओसार्दै आएका छन् । जसकारण विभिन्न कामले प्रदेश राजधानी सुर्खेत आएका हुम्लाका बासिन्दा घर जान पाएका छैनन् । बिरामीको उपचार गर्न आएका पनि सुर्खेतमै अलपत्र छन् । जहाजले लैजान नमानेकै कारण अधिकांश हुम्लीको खर्चसमेत सकिएको छ ।
निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरले सुर्खेतबाट हुम्ला उडान गर्दै आएका छन् । तर यी, विमान कम्पनीले कार्गो मात्र ओसार्ने र यात्रु बोक्न नमानेपछि हुम्लाका बासिन्दा थप निरास बनेका हुन् । मंगलबारको अन्नपुर्ण पोस्ट दैनिकमा ललितबहादुर बुढाले लेखेका हुन् ।
वि.सं.२०७५ चैत १९ मंगलवार ०७:५९ मा प्रकाशित





























