
१९ चैत, अस्ट्रेलियाका चिकित्सक सर्जनले वार्षिक ३ लाख ९५ हजार डलर आम्दानी गर्ने तथ्यांक सार्वजनिक गरिएको छ । अस्ट्रेलियाको कर कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यहाँ काम गर्ने सर्जनले औसतमा वार्षिक आम्दानी गरेका छन् ।
तथ्यांक अनुसार उत्कृष्ट आम्दानी गर्ने दोस्रो पेसामा एनेस्थेटिस्ट र तेस्रोमा मेडिसिन विशेषज्ञ छन् । उनीहरुको औसत आम्दानी ३ लाख ६७ हजार डलर करिब ३ करोड रुपैयाँ रहेको छ । यसैगरी सबैभन्दा कम आम्दानी गर्नेमा फास्टफुड रेस्टुरेन्टमा काम गर्ने कुकुरहरु रहेको सार्वजनिक गरिएको छ ।
उनीहरुले औसत वार्षिक १८ हजार ६ सय डलर आम्दानी गर्ने गरेका छन् ।
यसैगरी हस्पिटालिटी क्षेत्र तथा तालिम र खेती, गार्डेन तथा जंगलमा काम गर्नेहरु थोरै कमाइ गर्नेमध्येमा परेका छन् ।उनीहरुको आम्दानी करिब १ लाख ६० हजार डलरको हाराहारीमा रहेको छ । मंगबारको कान्तिपुर दैनिकमा नारायण खड्काले लेखेका छन् ।
वि.सं.२०७५ चैत १९ मंगलवार ०८:१३ मा प्रकाशित






























