१९ चैत, काठमाडौ । विदेशमा कार्यरत लाखौ नेपाली श्रमिकको गुनासो सम्बोधन हुन महिनौ लागिरहेका बेला अब श्रममन्त्रीले नै सोझै गुनासो सुनुवाई गर्नेगरी व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारीमा ठगीका पीडित विदेशमा अलपत्र बिरामी, मृत्यु र झुटा मुद्धामा जेल परेका नेपाली श्रमिकले तत्काल सम्बोधन गर्न श्रम मन्त्रीलाई सोझै गुनासोसमेत गर्न सक्नेछन् । विदेशमा कार्यरत नेपाली गुनासो तत्काल सम्बोधन भए नभएको निगरानीसमेत मन्त्रीले गर्नसक्ने गरी सुनुवाई कक्षको स्थापना गरिएको हो ।
विविध कारणले विदेशमा मृत्यु भएको नेपाली कामदारको शव नेपाल ल्याउन नसकी समस्या परेकाहरु, झुटा मुद्धामा परी जेल सजाउ भोगिरहेका कामदारलाई निशुल्क कानुनी सहायताको आवश्यकता रहेकाहरु कामदारहरुले अब सोझै कल सेन्टरमा सम्पर्क गरी सहायताका लागि अनुरोध गर्न सक्नेछन् । मंगलबारको कारोबार दैनिक बाट ।
वि.सं.२०७५ चैत १९ मंगलवार ०८:२५ मा प्रकाशित






























