
१९ चैत, उदयपुर । पर्याप्त खानेपानी नहुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका १ को चौदगण्डीगढी क्षेत्रमा पर्यटन प्रवद्र्धनमा समस्या भएको छ । सडक र विद्युत पुगे पनि खानेपानीको व्यवस्था हुन नसक्दा गढी दरबार र आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न समस्या भएको हो ।
ऐतीहासिक चौदण्डीगढी दरबारक्षेत्रमा खानेपानीको पर्याप्त सुविधा छैन । यहाँका सर्वसाधारणले एक गाग्री पानीका लागि १ घण्टाभन्दा बढी हिँडेर कुवामा पुग्नुपर्छ र पानी भर्न २ घण्टा पर्खिनुपर्छ । तत्कालिन सेन वंशीय राज्यको राजधानी चौदण्डीगढी थियो । गढीमा सामरिक दृष्टिकोणले समेत महत्वपुर्ण मानिएको भग्नावशेषमा परिणत भइसकेको दरबार छ । पर्यटकिय क्षेत्रको रुपमा विकास गरिए पनि पानी अभावमा खासै आन्तरिक तथा बाह्य पर्यटकसमेत आउन सकेका छैनन् । मंगलबारको कारोबार दैनिकबाट ।
वि.सं.२०७५ चैत १९ मंगलवार ०८:३७ मा प्रकाशित