back
CTIZAN AD

एउटै अत्तर (सेन्ट) को साढे १४ करोड रुपैयाँ !

वि.सं.२०७५ चैत १९ मंगलवार

744 

shares

 

नेपालको सन्दर्भमा साढे १४ करोड रुपैयाँ भयो भने काठमाडौंमै झण्डै ६ वटा घर किन्न सकिन्छ । व्यवसायीले १४ करोडको औलामा गनिने राम्रो व्यवसाय गर्न सक्छन् । १४ करोड भयो पढ्न नपाएका धेरै बालबालिकाले शिक्षा लिन सक्छन् ।१४ करोडको लगानी रहेको उद्योगमा सयौंले रोजगार पाउँछन् ।१४ करोडमा त्यस्ता धेरै आर्थिक उर्पाजनका काम गर्न सकिन्छ । अहिलेको सन्दर्भमा न्यूनतम रुपमा एक गाउँपालिकाको बार्षिक बजेट भनेपनि हुन्छ ।

तर, संसारका धेरै सौखिन मान्छेका लागि १४ करोड सामान्य हुन्छन् । उसले आफ्नो शरीर, त्यो पनि अरुका नजिक जाँदा मगमग बसाउन र अरुको मन तान्नका लागि करोडौं खर्च गर्छन् । संसारका धेरै कम्पनीहरु त्यस्ता मानिसको सोख कसरी पूरा गर्न सकिन्छ भन्नेमा लागिपर्छन् ।

त्यस्तै शौख पूरा गर्नकै लागि एक कम्पनीले विश्वकै महँगो अत्तर बनाएको छ । उक्त अत्तरलाई इमिराती अत्तर कम्पनी नाबिल ब्रान्डले बजारमा ल्याएको हो भने ‘द स्पिरिट अफ दुबई’ ले यसको बोतल जनावरको चित्रबाट सजाएको छ । यसले दुबईको कथा बताउने पनि बताइएको छ ।

विश्वमै महँगो मानिएको यो अत्तरको बोतलले दुईपटक गिनिज रेर्कड समेत राखिसकेको छ । यो अत्तरको मूल्य तीन लीटरको १२ लाख ९५ हजार डलर अर्थात् १४ करोड ६९ लाख नेपाली रुपैयाँ रहेको बताइएको छ ।

यो अत्तर इटालियन क्रिस्टलको बोतलमा रहेको छ । यो बोतल सुनको बाँज, अरेवियन घोडा, गुलाफ, ३ हजार ५ सय ७१ हीरा, ३८.५५ क्यारेटको मोती, १८ क्यारेटको २.५ किलो सुन र ५.९ किलो चादीले सजिएको छ । यस बोतललाई छालाको सोफामा झण्डै २ मिटरको उचाइमा रहेको तथा यो रिमोट नियन्त्रित रहेको बताइएको छ ।

यो अत्तरमा चन्दन, कस्तूरी, लाङ–लाङ, टर्किस, भारतीय सुगन्धित विरुवाको अंश र अगरउड पनि समावेश गरिएको छ । एजेन्सी

 

वि.सं.२०७५ चैत १९ मंगलवार ११:१० मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...