back

एउटै अत्तर (सेन्ट) को साढे १४ करोड रुपैयाँ !

वि.सं.२०७५ चैत १९ मंगलवार

33 

shares

 

नेपालको सन्दर्भमा साढे १४ करोड रुपैयाँ भयो भने काठमाडौंमै झण्डै ६ वटा घर किन्न सकिन्छ । व्यवसायीले १४ करोडको औलामा गनिने राम्रो व्यवसाय गर्न सक्छन् । १४ करोड भयो पढ्न नपाएका धेरै बालबालिकाले शिक्षा लिन सक्छन् ।१४ करोडको लगानी रहेको उद्योगमा सयौंले रोजगार पाउँछन् ।१४ करोडमा त्यस्ता धेरै आर्थिक उर्पाजनका काम गर्न सकिन्छ । अहिलेको सन्दर्भमा न्यूनतम रुपमा एक गाउँपालिकाको बार्षिक बजेट भनेपनि हुन्छ ।

तर, संसारका धेरै सौखिन मान्छेका लागि १४ करोड सामान्य हुन्छन् । उसले आफ्नो शरीर, त्यो पनि अरुका नजिक जाँदा मगमग बसाउन र अरुको मन तान्नका लागि करोडौं खर्च गर्छन् । संसारका धेरै कम्पनीहरु त्यस्ता मानिसको सोख कसरी पूरा गर्न सकिन्छ भन्नेमा लागिपर्छन् ।

त्यस्तै शौख पूरा गर्नकै लागि एक कम्पनीले विश्वकै महँगो अत्तर बनाएको छ । उक्त अत्तरलाई इमिराती अत्तर कम्पनी नाबिल ब्रान्डले बजारमा ल्याएको हो भने ‘द स्पिरिट अफ दुबई’ ले यसको बोतल जनावरको चित्रबाट सजाएको छ । यसले दुबईको कथा बताउने पनि बताइएको छ ।

विश्वमै महँगो मानिएको यो अत्तरको बोतलले दुईपटक गिनिज रेर्कड समेत राखिसकेको छ । यो अत्तरको मूल्य तीन लीटरको १२ लाख ९५ हजार डलर अर्थात् १४ करोड ६९ लाख नेपाली रुपैयाँ रहेको बताइएको छ ।

यो अत्तर इटालियन क्रिस्टलको बोतलमा रहेको छ । यो बोतल सुनको बाँज, अरेवियन घोडा, गुलाफ, ३ हजार ५ सय ७१ हीरा, ३८.५५ क्यारेटको मोती, १८ क्यारेटको २.५ किलो सुन र ५.९ किलो चादीले सजिएको छ । यस बोतललाई छालाको सोफामा झण्डै २ मिटरको उचाइमा रहेको तथा यो रिमोट नियन्त्रित रहेको बताइएको छ ।

यो अत्तरमा चन्दन, कस्तूरी, लाङ–लाङ, टर्किस, भारतीय सुगन्धित विरुवाको अंश र अगरउड पनि समावेश गरिएको छ । एजेन्सी

 

वि.सं.२०७५ चैत १९ मंगलवार ११:१० मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...