back

इनास बेल्जियमले ग¥यो भव्य गायन तथा नृत्य प्रतियोगिता

वि.सं.२०७५ चैत १९ मंगलवार

33 

shares

अप्रिल २ । अन्तराष्ट्रीय नेपाली कलाकार समाज ईनासले मार्च ३० र ३१ मा यूरोप स्तरिय गायन तथा नृत्य प्रतियोगिता बेल्जियमको विल्रिक शहरमा भव्यताका साथ सम्पन्न गरेको छ ।

गायन विधा तर्फ डेनमार्कका रबिन दाहाल बिजयी भएका छन् । फष्ट रनरअप समेत डेनमार्क कै सन्तोष लामिछानेले जितेका छन् भने बेल्जियमका आश्रीत अधिकारी सेकेण्ड रनरअप जित्न सफल भए । यस पटकको प्रतियोगितामा नृत्य तर्फ सयुक्तरूपमा बेल्जियमका मिङ्ग्मा शेर्पा र रस्किन दाहाल बिजयी बनेका छन। फष्ट रनरअप जर्मनीकी देबकी मगर बन्न सफल भएकी छिन भने सेकेण्ड रनरअप नेदरल्याण्डकी अन्जिला रोका बनेकी छिन ।

गायन विधा तर्फ एघार जना र नृत्यमा पन्ध्र प्रतियोगीहरूले भाग लिएका थिए । राति अबेरसम्म भएको कार्यक्रमलाइ युरोप भरि बस्ने कलाप्रेमी नेपालीहरुले महत्वका साथ हेरेका थिए। खचाखच भरिएको हलका दर्शकहरुले आ–आफ्नो देशका कलाकारहरुको हौसला बढाउन कम्मर कसेर लागेका देखिन्थे।

कार्यक्रमको प्रमुख अतिथी बेनेलक्सका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापा थिए । विशिष्ट अतिथीहरुमा एनआरएन केन्द्रीय उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएन केन्द्रीय सचिब जानकी गुरुङ, एनआरएनए युरोप संयोजक शिव बरुवाल, आईसीसी सद्स्य पदम गुरुङ, एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहाल, एनआरएन नेदरल्यान्डका अध्यक्ष मनोहरी शर्मा, एनआरएन जर्मनी अध्यक्ष बिजय मोक्तान लगायत बिभिन्न नेपाली एबम बेल्जियन संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए ।

इनास बेल्जियमका अध्यक्ष श्याम श्रेष्ठ तथा सपूर्ण कार्यसमितीका पदाधिकारीहरूको उत्कृष्ट ब्यबस्थापनमा भएको कार्यक्रमको सन्चालन ज्योती भट्ट, सोफिया महर्जन कार्की, देवश्री कोइरालाले गरेका थिए । इनास युरोपको सकृय युवा पुरस्कार बिनोद चिपालु बेलायतलाई प्रदान गरिएको छ ।

यूरोपस्तरिय प्रतियोगितामा यस बर्ष बाह्र देशहरु चेक रिपब्लिक,  फ्रान्स , जर्मनी, स्पेन, फिनल्याण्ड, नेदरल्याण्ड, स्वीट्जरल्याण्ड, डेनमार्क, बेलायत, इटाली बेल्जियमबाट प्रतियोगीहरुको सहभागिता रहेको सो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने चलन रहेको छ । खड्किएको सहभागिता भनेको पोर्चुगलबाट सहभागिता सुन्य हुनु हो जहा २५ हजार नेपालीहरू रहेको अनुमान छ ।

शनिवार मार्च ३० मा कार्यक्रममा पहिलो दिन युरोपियन स्तरीय बैठक, प्रगती प्रतिवेदन , छलफल र साँस्कृतिक कार्यक्रम भएको थियो भने दोस्रो दिन ३१ तारिख सातौ नृत्य तथा चौथौ गायन प्रतियोगिता भएको थियो। कार्यक्रममा निर्णायक मण्डल साथै प्रस्तुती दिने अतिथी कलाकारहरूमा शर्मिला बर्देवा, चरण प्रधान ,सपन कुमार राई लागायत थिए ।

 

वि.सं.२०७५ चैत १९ मंगलवार ११:२० मा प्रकाशित

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

पर्वतका सन्तोष क्षेत्रीकाे मलेसियामा रहस्यमय मृत्यु

लामो समयदेखि रोजगारीका क्रममा मलेसिया रहेका पर्वत जिल्ला फलेवास नगरपालिका...

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

पोर्चुगलमा आफ्नै साथीको छुरा प्रहारबाट एक नेपाली युवाको मृत्यु

लिस्बन । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली...

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

बद्री समूहको प्रस्तावप्रति आरके समूहको आपत्ति

गैरआवासीय नेपाली संघको गत महिना काठमाडौँमा सम्पन्न निर्वाचनमा धाँधली भएको...

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

एनआरएनए यूके अब शेष घलेको संरक्षक रहेको एनआरएनसंग आवद्ध हुने

  लन्डन । एनआरएनए यूकेले आफ्नो ’रोडम्याप’ सार्वजनिक गरेको छ...

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

नर्थ क्यारोलिनाको संसदमा दशैं तिहार विदाका लागि विधेयक लगिने

काठमाडौं । अमेरिकाको नर्थक्यारोलिना राज्यमा नेपालीहरुको चाड दशै र तिहारमा...

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

फिवना अमेरिकाले मनायो फरक तरिकाले देउसीभैलोे

अमेरिका । आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिवना) को...