back

रु तीस लाखको लागतमा कृषि फार्म

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

603 

shares
GLOBAL IME AD
NTC AD

२३ कात्तिक,बाबियाचौर (म्याग्दी)  । म्याग्दीको बेनी नगरपालिका–१२ चिप्लेटीमा युवाहरुले रु ३० लाखको लगानीमा कृषि फार्म स्थापना गरेका छन् ।

चिप्लेटीका सञ्जय कुँवर, पुलाचौरका रेशमबहादुर बानियाँ र कृष्णबहादुर बानियाँले भुलभुले बहुउद्देश्यीय कृषि फार्म स्थापना गरी व्यावसायिक कृषि पेसा अङ्गाल्नुभएको हो ।

माछापालन, अलैँची र कागती खेती गरिने फार्म स्थापना गर्न रु ३० लाख लगानी भएको सञ्जय कुँवरले बताउनुभयो ।

उहाँहरु तीनैजना विदेशमा लामो समय रोजगारीका लागि समय बिताएरपछि घर फर्कनुभएको थियो ।

स्थानीय स्तरमा स्वरोजगार भई आयआर्जन गर्ने उद्देश्यले कृषि फार्म स्थापना गरेको उहाँहरुले बताउनु भएको छ । उहाँहरुले फार्म सञ्चालन गर्न दश रोपनी जग्गा खरिद पनि गर्नु भएको छ । रासस

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०४:३४ मा प्रकाशित

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

काठमाडौं । आज साताको दोस्रो दिन अर्थत सोमबार सेयर बजारको...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

पछिल्लो ९ महिना इभीको आयातमा वृद्धि, राजस्व समेत बढ्यो

पछिल्लो ९ महिना इभीको आयातमा वृद्धि, राजस्व समेत बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को  ९ महिनामा ७...

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

बनियानी । झापाको कनकाई नगरपालिका-१ र २ स्थित जामुनखाडी सामुदायिक...