
सडक विभागको महानिर्देशकमा केशव कुमार शर्मा विडारी नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको मन्त्रीस्तरीय निर्णय अनुसार नयाँ महानिर्देशकमा केशवकुमार शर्मालाई नियुक्त गरिएको हो।
यस अगाडिका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठ मन्त्रालयमा तानिएका छन्। श्रेष्ठले कतिपय काममा असहयोग गर्ने गरेपछि मन्त्रीले श्रेष्ठको ठाउँमा शर्मालाई ल्याएको बुझिएको छ ।
नवनियुक्त महानिर्देशक शर्मा सडक विभाग अन्तर्गतकै वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुखका कार्यरत थिए।
महानिर्देशक शर्माले सडक संजालको विकास, विस्तार र संभार सम्बन्धमा नेपाल सरकारको लक्ष्य एवं जनताको अपेक्षा पूरा गर्न आफ्नो सामर्थ्यले भ्याएसम्म इमान्दारीतापूर्वक लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वि.सं.२०७५ चैत १९ मंगलवार १२:२८ मा प्रकाशित





























