
१९ चैत, काठमाडौ । नेपालबार एसोसीएन मतपरिणामले प्रगतिशिल र प्रजातान्त्रीक प्यानल बिच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
पछिल्लो पटक गणना भएका केन्द्रहरुको मतपरिणाममा दुवै तर्फका प्रत्यासीहरु बिच न्युन मतान्तर रहेको देखिन्छ ।
धनकुटा, मोरङ र सुनसरीको मतपरिणाम अनुसार प्रगतिशिल प्यानलका चण्डेश्वर श्रेष्ठले ६४ मत पाउँदा प्रजातान्त्रीकका उमेदवार सुनील पोखरेलले ६१ मत पाएका छन् ।
इलाम, झापा र विराटनगरको मतपरिणाम आफ्नो पक्षमा पारेका श्रेष्ठले धनकुटा मोरङ र सुनसरीको मतपरिणाममा पनि झिनो अग्रता कायम गरेका छन् ।
वि.सं.२०७५ चैत १९ मंगलवार १२:२४ मा प्रकाशित





























