Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

न्यायपरिषद्ले गर्यो सर्वोच्च र उच्च अदालतका न्यायाधीशको सिफारिस



१९ चैत, काठमाडौ । न्यायपरिषदले उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

जसअनुसार प्रकाश ढुंगाना, सुस्मलता माथेमा र हरिप्रसाद फुयाल सिफारिस भएका हुन । त्यस्तै कुमार रेग्मी र मनोज कुमार शर्मा पनि न्यायाधीश सिफारिसमा परेका छन् ।

ढुंगाना र माथेमा उच्च अदालतका न्यायाधीश हुन भने फुयाल, रेग्मी र शर्मा कानुन व्यवसायीहरु हुन् ।
न्यायपरीषद् बैठकले १३ जना लाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । उच्च अदालतका लागि सिफारिस भएका भाग्यमानी न्यायाधीशमा ६ जना जिल्ला अदालतका न्यायधीश छन् भने ७ जना अधिवक्ताहरु रहेका छन् ।
जिल्ला अदालत रौतहटका न्यायाधीश लेखनाथ ढकाल उच्च अदालत जनकपुर राजविराज इजलासका लागि सिफारिस भएका छन् । चितवनका जिल्ला न्यायाधीश कूलप्रसाद शर्मा उच्च अदालत पाटनको न्यायाधीशमा बढुवा भएका छन् ।

भक्तपुर जिल्ला न्यायाधीश महम्मद जुनेद आजादको सिफारिस विराटनगर उच्च अदालतमा भएको छ भने नागेन्द्रलाल कर्ण पर्सा जिल्ला न्यायाधीश बाट सुर्खेत उच्च अदालतमा पदोन्नती भएका छन् ।

यस्तै नेपाल क्याम्पसका पुर्व सभापति नवराज थपलीया उच्च अदालत दिपायलको न्यायाधीशमा सिफारिस भएका छन् । यस्तै अधिवक्ताहरुबाट जगत थापा, शरला पाण्डे, बीमल सुवेदी, रेणुका शाह, ढालकुमार खड्का र उज्जवल शुक्ल पनि उच्च अदालतका न्यायाधीश सिफारिस भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)भित्र आम चुनावप्रति ठूलो त्रास देखियो । चुनाव उठेका उम्मेदवारको

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४