
मगर संघ बेलायतको युनाइटेड ह्याम्पसायर, सरे, बर्कसायर (युएचएसबी) शाखाको अध्यक्षमा हेमा कुमारी राना निर्वाचित भएकी छन् ।
संघको ३१ मार्चमा सम्पन्न पाँचौ महाधिबेशनले उपाध्यक्षमा ऋषि राम राना, महिला उपाध्यक्षमा भिमा ढेंगा, सचिवमा बिर बहादुर बलाल, सहसचिवमा टोप पल्ली, मिन राना, कोषाध्यक्षमा गणेश बुढाथोकी, सर्पोट सेक्रेटरी पन्च पुन, असिस्टेन सर्पोट सेक्रेटरीमा गुण पुन, कल्चरल सेक्रेटरीमा तारा गर्वुजा, एडमिन सेक्रेटरीमा रिखिरामा राना, असिस्टेन एडमिन सेक्रेटरीमा श्रीमती लिला पुन र श्रीमती बिमला गर्वुजा, ड्रिंक्स सेक्रेटरीमा कृष्ण थापा, ट्रान्सपोर्ट सेक्रेटरीमा गोप बहादुर सिंजाली, मेम्बरसिप सेक्रेटरीमा सुनिता भुजेल, मिडिया सेक्रेटरीमा पार्वती थापा काउचा र मिडिया सहसंयोजकमा जमुना पुन राना रहेका छन् ।

त्यस्तै समाजको युवा संयोजक रइस राना चयन भएका छन् भने युवा सदस्यहरुमा अमृत बुढा, सुश्री मुना गर्वुजा, सुश्री कल्पना थापा, अनिल थापा र प्रिया थापा रहेका छन् ।
मगर संघ यूकेका केन्द्रीय अध्यक्ष नेम थापाको प्रमुखआतिथ्यता रहेको उक्त महाधिबेशनमा पूर्वकेन्द्रीय अध्यक्षहरु रिटायर मेजर कुल थापा, दूत ब पुन शाखा सस्थापक अध्यक्षहरु ले रि सुनिल राना (मगर संघको केन्द्रीय अध्यक्षका प्रत्याशी) का साथै केन्द्रीय मगर महिला अध्यक्ष छबि माया पुन, साखा ट्रष्टी साथै महिला साखा सस्थापक अध्यक्ष गोमा राना, एनआरएनए आइसीसी सदस्य शान्ति कुँवरका साथै पूर्व अध्यक्ष के रि ताम ढेंगाको उपस्थिति रहेको थियो ।

निर्वाचन प्रमुख आयुक्त मे रि कुल थापा, सचिव ओम थापा काउचा र सदस्यहरूमा के रि बिर थापा गाहा, ले रि सुनिल राना, के रि ताम ढेगा रहेको निर्वाचन कमिटीले सर्वसहमत रुपमा ऐतिहासिक निर्णय गर्दै बेलायतमा रहेका नेपाली संस्थामै पहिलो महिला नेतृत्व चयन गर्न सफल भएको छ ।

सन् २००२ मा बेलायतमा स्थापित भएको मगर संघको १२ शाखाहरुमा पहिलो महिला अध्यक्ष चुनिन सफल भएकी हुन् राना ।
वि.सं.२०७५ चैत १९ मंगलवार १४:५४ मा प्रकाशित























