back
CTIZAN AD

‘समाचारले फिनल्याण्डबासी नेपालीको शाख गिरेको छ’

वि.सं.२०७५ चैत १९ मंगलवार

537 

shares

१९ चैत, काठमाडौं । फिनल्याण्डमा रहेका नेपालीका बारेमा छापिएको समाचारका कारण फिनल्याण्डबासी नेपालीको शाख गिरेको फिनल्याण्डबाट सामाजिक अभियन्ता तथा लेखक जगन्नाथ काफ्लेले बताएका छन् ।

उनले गत शनीबार हेलसिन्की सानोमात पत्रिकामा छापिएको समाचार र उक्त बिषयलाई लिएर सामाजिक संजालमा भएका विभिन्न टिक्का टिप्पणी क्रिया प्रतिक्रियाले व्यक्तिगत रुपमा अत्यन्त पीडा महशुश भएको समेत बताएका छन् ।

उनले भनेका छन्, ‘अहिले समग्र नेपाल र नेपालीको नाम, झण्डा र देशको नक्सा नै राखेर नेपाली ब्यबसायीहरु मात्र होईन समग्र फिनल्याण्डबासी नेपाली प्रति आएको नकारात्मक समाचारले फिनल्याण्डमा बस्ने नेपालीहरुको शाख गिरेको छ, हामी हेयको पत्र बनेका छौं, हामी सबैको शीर झुकेको छ । भनिन्छ नि ‘आकास तिर फर्केर थुक्दा थुक आफ्नै अनुहारमा पर्छ !!’

सामाजिक संजाल फेसबुकबाट लिइएको उनका भनाई जस्ताको तस्तै
‘आदरणीय फिनल्याण्डमा बसोबास गर्ने दाजुभाई तथा दिदीबहिनीहरु नमस्कार !

गत शनीबार हेलसिन्की सानोमात पत्रिकामा छापिएको समाचार र उक्त बिषयलाई लिएर सामाजिक संजालमा भएका टिक्का टिप्पणी क्रिया प्रतिक्रियाले मलाई व्यक्तिगत रुपमा अत्यन्त पीडा महशुश भएको छ । हुन सक्छ केहि व्यक्तिले गल्ति गरेका होलान, त्यसको लागि यस देशको आफ्नै पद्दति, कानुन र प्रशासन छ । गल्ति गर्ने जो कोहीलाई पनि कसरी नियमन गर्ने, पीडकलाई कसरी कारवाही गर्ने र पीडितलाई कसरी न्याय दिलाउने भन्ने बारे यहाँको कानुन प्रष्ट छ, ब्यबस्थित पद्दति छ, कडा प्रशासन छ, जे जे गर्नु पर्ने हो त्यसैले गर्छ । यहाँ कोहि पिडित छ भने न त पिल्सिएर नै बस्नु पर्छ न त जानेर अथवा नजानेर कोही पीडक छ भने पनि रझाई नै गर्न पाउँछ, अरुलाई पीडा दिएको हद सम्म प्रशासनले सजायको भागीदार बनाउछ नै । यत्ति कुरा सबैले बुझ्नु पर्यो कि पीडक र पीडित बिना कुनै पनि व्यक्तिले यहाँको प्रशासन, कानुन र पद्दतिलाई प्रभावित बनाउन सक्दैन ।

यहाँ व्यक्ति व्यक्तिले एक अर्कामा बिना प्रमाण समाचार, हल्ला र शंकाको भरमा एक अर्कामा आरोप प्रत्यारोप गर्नु अथवा मानसिक तनाव थपिदिनु पनि दण्डनीय हुन्छ । त्यसैले म सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई सामाजिक संजालमा कुनै व्यक्ति, बर्ग, समुदाय र आफुलाई चित्त नबुझेको कुरामा बहकिएर घोच पेच छेडछाड कुराहरु नराखिदिनु हुन तथा शंका उपशंका गरेर कसै प्रति गलत धारणा नबनाउन बिनम्र अनुरोध गर्दछु । कोही गलत छ भने कानुनले दण्ड गरी हाल्छ र छैन भने माफी पाउछ । कोही गलत छ भन्दैमा सबै व्यक्ति तथा ब्यबसायी गलत छैनन् । यहाँका स्थानीयवासीको नजरमा हामी बिदेशी हौँस कुन ठाउँ, कुन जात र बर्गका भन्ने पनि हुदैन हामी नेपाली हौँ । त्यसैले भनिन्छ नि “भाई फुटे गँवार लुटे !” हामी नेपाली नेपालीमा फुट हुँदा हामीबाट फाईदा तेश्रोले उठाउँछ । कुनै व्यक्तिले कुनै बेला जान अन्जानमा गल्ति भएको हुन सक्ला त्यो आधारमा संधैं गलत धारणा बनाउनु हुदैन । अहिले समग्र नेपाल र नेपालीको नाम, झण्डा र देशको नक्सा नै राखेर नेपाली ब्यबसायीहरु मात्र होईन समग्र फिनल्याण्ड बासी नेपाली प्रति आएको नकारात्मक समाचारले फिनल्याण्डमा बस्ने नेपालीहरुको शाख गिरेको छ, हामी हेयको पत्र बनेका छौं, हामी सबैको शीर झुकेको छ ्र भनिन्छ नि ‘आकास तिर फर्केर थुक्दा थुक आफ्नै अनुहारमा पर्छ !!’ यो घडीमा कसैले कसैलाई पनि शंका, उपशंका, घोच, पेच गर्दा त्येसको परिणाम हामी नेपालीले नै भोग्नु पर्छ । कसैसंग कोही पनि रमाउने बेला होईन, बर्वादी हामी समग्र नेपालीको नै हुन्छ । यो समय नेपालीको सम्भावित हुने शाख र ब्यबसायको क्षति कसरी न्यून भन्दा न्यून गराउने भनेर सोच्ने बेला हो । अरुको भलो गर्न सक्छौं भने गरौँ तर कुभलो कसैलाई नगरौं, नसोचौं ।।। त्यसको परिणाम भोग्ने हामी आफैंले हो ।’

एनआरएनए फिनल्याण्डको गम्भिर ध्यानाकर्षण

वि.सं.२०७५ चैत १९ मंगलवार १५:३३ मा प्रकाशित

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको नामावली टुंगो लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका...

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

Daraz Nepal को ‘द रियल सेल’ सुरु, ६० प्रतिशतसम्म छुट

काठमाडौं । Daraz Nepal ले आफ्ना ग्राहकका लागि ‘द रियल...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो...

एघार महिनामा ६ हजार विपद्का घटना

एघार महिनामा ६ हजार विपद्का घटना

काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार...

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...