back
CTIZAN AD

मगर संघ युके युएचएसबीकोे लेडिज कमिटीको अध्यक्षमा भिमा ढेंगा

वि.सं.२०७५ चैत १९ मंगलवार

729 

shares

मगर संघ युकेको युनाइटेड ह्याम्पसायर, सरे, बर्कसायर (युएचएसबी) को लेडिज कमिटीको को अध्यक्षमा भिमा ढेंगा निर्वाचित भएकी छन् ।

मार्च ३१ मा सम्पन्न मगर संघको पाँचौं महाधिबेशनका अवसरमा गठन गरिएको उक्त लेडिज कमिटिको उपाध्यक्षद्धयमा धना रोका, नानु राना, सचिवमा आशा थापा, कोषाध्यक्षमा पार्वती थापा, सहसचिवमा शेषा पल्ली, सहकोषाध्यक्षमा फुलमाया थापा, सांस्कृतिक सचिवमा रजिना थापा, सांस्कृतिक सहसंयोजकमा गीता पाइजा रहेका छन् ।

त्यस्तै महिला कमिटिको सदस्यहरुमा टोमाया राना, चित्रा राना, मन्जु राना, जुनु थापा, नेहा राना, सुकमाया आले, शोभा पुर्जा, भिमा बलाल, विद्या राना र बिना थापा रहेका छन् ।

मगर संघ यूकेका केन्द्रीय अध्यक्ष नेम थापाको प्रमुखआतिथ्यता रहेको उक्त महाधिबेशनमा पूर्वकेन्द्रीय अध्यक्षहरु रिटायर मेजर कुल थापा, दूत ब पुन शाखा सस्थापक अध्यक्षहरु ले रि सुनिल राना (मगर संघको केन्द्रीय अध्यक्षका प्रत्याशी) का साथै केन्द्रीय मगर महिला अध्यक्ष छबि माया पुन, साखा ट्रष्टी साथै महिला साखा सस्थापक अध्यक्ष गोमा राना, एनआरएनए आइसीसी सदस्य शान्ति कुँवरका साथै पूर्व अध्यक्ष के रि ताम ढेंगाको उपस्थिति रहेको थियो ।

निर्वाचन प्रमुख आयुक्त मे रि कुल थापा, सचिव ओम थापा काउचा र सदस्यहरूमा के रि बिर थापा गाहा, ले रि सुनिल राना, के रि ताम ढेगा रहेको निर्वाचन कमिटीले सर्वसहमत रुपमा ऐतिहासिक निर्णय गर्दै बेलायतमा रहेका नेपाली संस्थामै पहिलो महिला नेतृत्व चयन गर्न सफल भएको छ ।

वि.सं.२०७५ चैत १९ मंगलवार १६:३४ मा प्रकाशित