Logo
१० मंसिर २०७९, शनिबार
     Sat Nov 26 2022
E-paper
  English Edition
   Unicode
Logo

हावाहुरीका कारण ज्यान गुमाउनेको परिवारलाई नेकपाले ५/५ लाख दिने 



 

१९ चैत, काठमाडौं । बारा र पर्सामा वर्षासँगै आएको आँधी र हुरीका कारण  ज्यान गुमाउनेका परिवालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ५÷५ लाख दिने भएको छ ।

मंगलबार हावा र हुरीबाट प्रभावित भएको बाराको पुरैनिया पुगेका नेकपा अध्यक्ष  दाहालले राहत वितरणको क्रममा मृतकका परिवारलाई राहतस्वरुप पार्टीले ५÷५ लाख दिने बताएका थिए ।

त्यसैगरी अध्यक्ष दाहालले हाँवाहुरीले क्षत विक्षत भएका घरहरु सरकारले बनाइदिने, घाइतेको निःशुल्क उपचार गरिदिने र बालीनालीको क्षतिमा पनि सरकारले सहयोग गर्ने बताएका छन् ।

उनले प्रभावित क्षेत्रका लागि देशभरीका जनतामात्र नभएर बाहिर बसेका नेपालीहरुले सहानुभुति सहितको सहयोग लिएर प्रभावित क्षेत्रमा पुगिसकेको पनि बताएका थिए ।

यसअघि नै नेकपाका सांसदले  आफ्नो एकदिनको तलब बराबरको रकम सहयोग गर्ने घोषणा गरिसकेको अवस्थामा पार्टीका तर्फबाट अध्यक्ष दाहालले उक्त घोषणा गरेका हुन् ।आइतबार बेलुका आएको हाँवाहुरीका कारण बारा र पर्सा गरी अहिले सम्म  २८ जनाको मृत्यु भइसकेको छ  भने  घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।   सोमबार सम्म २७ जनाको मृत्यु भएकोमा मंगलबार फेटा गाउँपालिकाका  ६ वर्षीय बालक खयाग आलमको मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभा बहमुतको सरकार बनाउन १३८ सांसदको आवश्यकता पर्दछ । तर,

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् ।