back
CTIZAN AD

विश्व बैंकले बंगलादेशलाई १० करोड अमेरिकी डलर दिने

वि.सं.२०७५ चैत १९ मंगलवार

612 

shares

१८ चैत, ढाका ।  बङ्गलादेशको राजधानी ढाका शहर र वरपरका शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलरको आयोजनालाई स्वीकृत गरेको छ ।

ढाका साउथ सिटी कर्पोरेसन अन्तर्गत राजधानी र चार ठूला शहरी क्षेत्रमा सार्वजनिकस्थल तथा शहरी सेवा सुधारका लागि ल्याइएको उक्त आयोजनाबाट करिब १० लाख नागरिकले प्रत्यक्ष लाभ लिने बताइएको छ ।

‘ढाका सीटी नेइभरहुड अपग्रेडिङ आयोजना’ ले राजधानी र चार छिमेकी शहरी क्षेत्रमा पार्क, खेल मैदान, खुला स्थान, तटीय क्षेत्र, सडक, फुटपाथ र सार्वजनिक भवन साथै सामुदायिक केन्द्रमा सवै प्रकारका शहरी सुविधा बिस्तार गरिने जनाएको छ ।

वासिङ्टनस्थित दाता संस्थाले सोमबार आयोजना स्वीकृत भएको जानकारी दिँदै भनेको छ, “आयोजनाले प्राकृतिक जीवन जीउन बञ्चित रहँदै आएका विशेष गरी महिला, युवा, वृद्धवृद्धा र अपाङ्गता भएका नागरिकहरूलाई सहजरूपमा सार्वजनिक सुविधाको अभाव हुन नदिनेगरी कार्यक्रमहरू अघि बढाइने छ ।”

बङ्गलादेशका लागि राजधानी ढाका महत्वपूर्ण आर्थिक केन्द्र हो । विश्व बंैकका बङ्गलादेश तथा भूटानका लागि निर्देशक रोबर्ट साउमले भने, “बङ्गलादेशको पाँच भागको एक हिस्सा कुल ग्राहस्थ उत्पादन राजधानी ढाकामा निर्भर रहन्छ भने यहाँको औपचारिक रोजगारीको झण्डै आधा जनशक्ति यहाँ छ ।”

उनले भने, “सन् १९८० मा तीस लाख जनसङ्ख्या रहेको ढाका जसलाई अहिले एक करोड ८० लाख जनसङ्ख्या रहेको छ । तर यसका प्राय आधारभूत संरचनाहरू दशकौँ पूरानो अवस्थामा नै रहँदै आएका छन् ।”

“विश्वव्यापी अनुभवले समृद्ध जीवनशैलीका लागि नगर क्षेत्रका स्थानहरूमा समायोचित सुधार हुनु जरूरी भएको देखाउछन् । आयोजनाले ढाका र वरपरका वासिन्दालाई आधुनिक जीवनका लागि आबश्यक वातावरण निर्माण गर्ने विश्वास लिइएको छ ।”

आयोजनाले शहरमा हरियाली तथा खुला स्थानको निर्माण गर्ने र बगैँचा, सडक र तटीय क्षेत्रहरूमा सुधारको प्रत्याभूत गराउने विज्ञप्ति उल्लेख छ ।

बहुउद्देश्यीय सामुदायिक केन्द्रहरूको निर्माणले वातावरणमैत्री विशेषता र उर्जामैत्री पूराना तथा नया मूल्यमान्यतालाई जोगाउँदै अघि बढ्ने उनले बताए ।

वि.सं.२०७५ चैत १९ मंगलवार १८:१९ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...