back

विश्व बैंकले बंगलादेशलाई १० करोड अमेरिकी डलर दिने

वि.सं.२०७५ चैत १९ मंगलवार

42 

shares

१८ चैत, ढाका ।  बङ्गलादेशको राजधानी ढाका शहर र वरपरका शहरी क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड अमेरिकी डलरको आयोजनालाई स्वीकृत गरेको छ ।

ढाका साउथ सिटी कर्पोरेसन अन्तर्गत राजधानी र चार ठूला शहरी क्षेत्रमा सार्वजनिकस्थल तथा शहरी सेवा सुधारका लागि ल्याइएको उक्त आयोजनाबाट करिब १० लाख नागरिकले प्रत्यक्ष लाभ लिने बताइएको छ ।

‘ढाका सीटी नेइभरहुड अपग्रेडिङ आयोजना’ ले राजधानी र चार छिमेकी शहरी क्षेत्रमा पार्क, खेल मैदान, खुला स्थान, तटीय क्षेत्र, सडक, फुटपाथ र सार्वजनिक भवन साथै सामुदायिक केन्द्रमा सवै प्रकारका शहरी सुविधा बिस्तार गरिने जनाएको छ ।

वासिङ्टनस्थित दाता संस्थाले सोमबार आयोजना स्वीकृत भएको जानकारी दिँदै भनेको छ, “आयोजनाले प्राकृतिक जीवन जीउन बञ्चित रहँदै आएका विशेष गरी महिला, युवा, वृद्धवृद्धा र अपाङ्गता भएका नागरिकहरूलाई सहजरूपमा सार्वजनिक सुविधाको अभाव हुन नदिनेगरी कार्यक्रमहरू अघि बढाइने छ ।”

बङ्गलादेशका लागि राजधानी ढाका महत्वपूर्ण आर्थिक केन्द्र हो । विश्व बंैकका बङ्गलादेश तथा भूटानका लागि निर्देशक रोबर्ट साउमले भने, “बङ्गलादेशको पाँच भागको एक हिस्सा कुल ग्राहस्थ उत्पादन राजधानी ढाकामा निर्भर रहन्छ भने यहाँको औपचारिक रोजगारीको झण्डै आधा जनशक्ति यहाँ छ ।”

उनले भने, “सन् १९८० मा तीस लाख जनसङ्ख्या रहेको ढाका जसलाई अहिले एक करोड ८० लाख जनसङ्ख्या रहेको छ । तर यसका प्राय आधारभूत संरचनाहरू दशकौँ पूरानो अवस्थामा नै रहँदै आएका छन् ।”

“विश्वव्यापी अनुभवले समृद्ध जीवनशैलीका लागि नगर क्षेत्रका स्थानहरूमा समायोचित सुधार हुनु जरूरी भएको देखाउछन् । आयोजनाले ढाका र वरपरका वासिन्दालाई आधुनिक जीवनका लागि आबश्यक वातावरण निर्माण गर्ने विश्वास लिइएको छ ।”

आयोजनाले शहरमा हरियाली तथा खुला स्थानको निर्माण गर्ने र बगैँचा, सडक र तटीय क्षेत्रहरूमा सुधारको प्रत्याभूत गराउने विज्ञप्ति उल्लेख छ ।

बहुउद्देश्यीय सामुदायिक केन्द्रहरूको निर्माणले वातावरणमैत्री विशेषता र उर्जामैत्री पूराना तथा नया मूल्यमान्यतालाई जोगाउँदै अघि बढ्ने उनले बताए ।

वि.सं.२०७५ चैत १९ मंगलवार १८:१९ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...