back
CTIZAN AD

नबिलको लक्ष्मी क्यापिटल मार्केसँग निष्काशन व्यवस्थापन सम्झौता

वि.सं.२०७५ चैत १९ मंगलवार

639 

shares


नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग निष्काशन व्यवस्थापन सम्झौता गरेको छ ।

उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको रु. २ अर्ब बराबरको (२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ रु १,००० का दरले) ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्ने बताइएको छ ।

सो सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा लक्ष्मी क्यापिटलका तर्फबाट लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड लक्ष्मी बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । लक्ष्मी क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र व्यवसायीको रुपमा प्राथमिक सेयर निष्काशन, पोर्टफोलियो व्यवस्थापन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

नबिल बैंकले ७५ वटा शाखाहरुको सञ्जाल, १२८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु स“गै अघि बढ्ने विश्वास लिएको छ ।

वि.सं.२०७५ चैत १९ मंगलवार २०:५० मा प्रकाशित

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...