back

बैतडीमा गाउँपालिकाका अध्यक्षमाथि आक्रमण,चार जना पक्राउ

वि.सं.२०७५ चैत २० बुधवार

48 

shares

२० चैत, बैतडी ।  बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पञ्चेश्वर-६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छन् ।
उनीहरुलाई गए राति हातपात भएको ठाउँ नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरले जानकारी दिए । मङ्गलबार रोडीदेवलदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किदै गर्दा पाँच-छ जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष चन्दले बताएका थिए ।

सडकको विषयमा छलफल गरेर वडा नं ४ का अध्यक्षसँगै फर्किरहेको बेला मङ्गलबार अपराह्न ४ः३० बजेतिर एक्कासि अध्यक्ष चन्दमाथि हातपात भएको जनाइएको छ । सडकको विषयमा विवाद हुँदा अध्यक्ष चन्दमाथि हातपात भएको बताइएको छ । अध्यक्ष चन्दले भने सडकका विषयमा कुनै विवाद नरहेको जिकिर गरेका छन् ।

अध्यक्षसँगै रहेका वडाध्यक्ष राजबहादुर चन्दका अनुसार सडकको छलफल सकेर कुलाउँ फर्कने क्रममा बीच जङ्गलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको हो । घटनाको थप अनुसन्धान भइरहेको र घटनाका विषयमा आज दुवै पक्षबीच छलफल हुने बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

उनले भने, “अहिले नै के कति कारणले घटना भयो भनेर भन्न सकिने अवस्था छैन, दुवै पक्षको छलफलपछि सबै कुरा थाहा हुन्छ ।”जनप्रतिनिधिमाथि नै आक्रमण हुन थालेपछि यहाँका जनप्रतिनिधिले असुरक्षित भएको महसुस भएको बताएका छन् ।

वि.सं.२०७५ चैत २० बुधवार ११:४७ मा प्रकाशित

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु

धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय...

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

  काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९/८० को...

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

मध्यपहाडको सम्भावना खोज्न सङ्कल्प यात्रा सुरु गरेको हो :अध्यक्ष ओली

ढोरपाटन (बागलुङ) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा...

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिँदै नगरपालिका

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

प्रयोगमा आउन छाडे झोलुङ्गे पुल

प्रयोगमा आउन छाडे झोलुङ्गे पुल

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-९ गलेश्वर र रघुगङ्गा गाउँपालिका-३ राहुघाट...