२० चैत्र, काठमाडौं । राष्ट्रिय विकास परीषदको बैठकले पन्ध्रौ पन्च वर्षीय योजनालाई अन्तीम रुप दिने तयारी गरेको छ । परिषदको सोल्टी होटलमा सुरु भएको दुइ दिने बैठकले राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दिर्घकालीन सोचसहित आधार पत्र तयार पारेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको बैठकमा तिनै तहको सरकारका अधिकारीहरु सहभागी रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अधिकारीका अनुसार – परिषद् बैठकले सरकारले लिएको “सुखी नेपाली समृद्ध नेपाल” को नारालाई सार्थक बनाउने गरी आयोगले तयार पारेको रणनितिलाई अन्तीम स्वरुप दिनेछ ।
उनका अनुसार – बैठकले दिने सुझावहरुलाई लिपीवट्ट गरेर मन्त्रीपरिषद् बैठकमा पठाउने तयारी भईरहेको छ ।
वि.सं.२०७५ चैत २० बुधवार १२:२८ मा प्रकाशित