back

जीपी फाउण्डेसनको न्यूयोर्कमा कार्यालय स्थापना

वि.सं.२०७५ चैत २० बुधवार

384 

shares
GLOBAL IME AD
NTC AD


नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेशन अमेरिका शाखाले न्युयोर्कमा कार्यालय स्थापना गरेको छ ।

कोइरालाको नवौं स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलीसभा कार्यक्रमकै अवसरमा न्युयोर्कको ज्याक्सन हाईटसमा फाउण्डेशनले आफ्नो कार्यालयको उद्घाटन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका जनसम्पर्क समिति भारतका संस्थापक सदस्य एवम् फाउण्डेशनका सल्लाहकार मोहनसिंह बिष्टमार्फत कार्यालयको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले नेपाली राजनीतिमा जिपी कोइरालाको योगदानको चर्चा गर्दै फाउण्डेशनले लोकतन्त्र र शान्तिको पक्षमा ऐक्यबद्ध भइ कार्य गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्रबिक्रम नेम्वाङले लोकतन्त्र, शान्ति र विकासका क्षेत्रमा स्वर्गीय गिरीजा बाबुले पु¥याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताए ।

कार्यक्रम सञ्चालन गर्दै फाउण्डेशनका महासचिव सुरेन सापकोटाले संस्थाको स्थापना र उद्देश्य बारेमा जानकारी गराएका थिए भने अध्यक्ष सोमनाथ घिमिरेले कार्यक्रमको अध्यक्षता गर्दै संस्थाको उद्देश्य, भावी योजना र कार्यक्रमका बारेमा अवगत गराएका थिए । उनले बिभिन्न कारणले समस्या भोगिरहेका नेपाली समुदायका सदस्यहरुलाई संस्थाले आवश्यकतानुसार सहयोग गर्दै जाने बताए ।

कार्यक्रममा जनसम्पर्क समिति न्यूर्याेकका महासचिव महेश मल्ल, एनआरएन अभियन्ता सुमन हुमागाई, आदिवासी महिला संघ अमेरीकाकी अध्यक्ष संगिनी रानामगर, यूएस नेपाल स्पोर्टस कल्चरका अध्यक्ष मोहन वाइबा, फाउण्डेशनकी कोषाध्यक्ष बृन्दा राई, सहकोषाध्यक्ष पुनम राना मगर, केन्द्रिय सदस्यद्वय श्याम कार्की र शरदा झेत्री लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सम्झनामा स्थापित फाउण्डेशनले नेपाल र बिदेशमा समेत आफ्नो शाखा विस्तार गर्दै देशका निम्ति लोकतन्त्र, शान्ति र विकासका क्षेत्रमा योगदान गर्दै जाने उदेश्य राखेको जनाइएको छ ।

वि.सं.२०७५ चैत २० बुधवार १२:४५ मा प्रकाशित

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा...