Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

सानिमा बैंकले खोल्यो पुतलीसडकमा शाखा



२१ चैत, काठमाडौ । सानिमा बैंक लिमिटेडको शाखा काठमाडौंको पुतलीसडकमा स्थापना भएको छ । बैंकको पुतलीसडक शाखा कार्यालयको बुधबार औपचारिक उद्घाटन गरिएको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन,सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा गरेका हुन् ।

समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै शौक्षिक कर्जाको लागि विषेश नीति लिएको जानकारी गराएका थिए ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकार वालाहरु लाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्तगर्दै पुतलीसडक शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समुद्घाटन समारोहमा मह जोडीले पुतलीसडकमा सानिमा बैंक संचालनमा आएकोमा पुतलीसडक वासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलतातथा सबल अनिविश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेका छन् ।

सानिमा बैंकको हाल देशभर ७८ वटा शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले ७२ वटा एटीएमबाट पनि बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४