back
CTIZAN AD

रामचन्द्रकै नाउँ जपेर देउवाको स्वीमिङ

वि.सं.२०७५ चैत २१ बिहीवार

678 

shares

आदरणीय पाठकबृन्दले यसअघि पनि स्विमिङको चर्चा निकै गर्नु भएको हो । तातोपानी कुण्डमा नुहाउन गएका प्रचण्ड र वादल लगायतका कम्युनिष्टलाई बेस्मारी व्यङ्ग्य गरेर रातो निलो र सेतो सञ्जाललाई पनि कालै बनाउनु भएको हो ।

उतिबेला प्रचण्डले श्रीमती सीता दाहाललाई सँगै लगेर तातोपानी स्नान गराउँदा निकै खप्कि खाए पनि यो पटक देउवा र रामचन्द्रसँगै जाँदा भने हाइ हाइ पाएछन् पाठकबृन्द । माउसमिति देखि नै गुट भिडन्तमा लाइहालेका देउवा र रामचन्द्र म्याग्दी जिल्लाको सिंजा तातो पानीमा पुगेपछि अब द्वन्द्व नहोला कि भन्ने अनुमान पनि धेरैको थियो । लुतो रुपी कम्युनिष्टहरूलाई फाल्न देउवा–पौडेल तातो पानीमा तैरिएको चर्चा पनि
चल्यो । दुईजनाको कुण्ड शयनले जीउको लुतो पनि राम्रोसँग फालेन रे भन्ने कुरो पनि कुण्ड वरपर नै चलेको थियो ।

दुई भाइ बेनी बजारमा आइपुग्दा ‘बेनीको बजार, जता माया उतै छ नजर’ भनेर नचाउने घोडो थियो रे म्याग्दीका कांग्रेसी जनलाई । तर, बुढाहरू बाग्लुङ, कालिका बाघको शालिकमा फर्कन्छन् । तातोपानी कुण्डमा जाँदा प्रचण्डले सीता लगेजस्तो देउवाले आर्जु किन नबोकेको भनेर सोधखोज पनि भएछ । तर, कसले बुझ्ने देउवाको तलमाथी, यातायात, वरपर कति पीडामा छन् । बरु प्रतिस्प्रधी नै भएपनि श्री रामचन्द्रकै नाउँ जपेर स्वीमिङको मज्जा लिन उनलाई आनन्द भयो रे पाठकबृन्द ।

वि.सं.२०७५ चैत २१ बिहीवार १०:१३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...