back
CTIZAN AD

फैतीका महिला तरकारी खेतीमा व्यस्त

वि.सं.२०७५ चैत २१ बिहीवार

672 

shares

२१ चैत, बाजुरा । जिल्लाको विकट हिमाली गाउँपालिका-४ फैतीका महिला यतिबेला तरकारी खेतीमा व्यस्त छन् । खाद्य सङ्कट र अन्य आयआर्जन नभएपछि पछिल्लो समयमा दुर्गमका महिला व्यावसायिक तरकारी खेतीमा लागेका वडाध्यक्ष रमेश विकले बताए । यहाँका पुरुष प्रायः रोजगारीका लागि भारततिर जाने र गाउँमा महिलामात्रै रहेका उनले जानकारी गराए ।

“गाउँपालिका सुख्खा ठाउँ भएका कारण पहिला खासै तरकारी खेतीमा कोही लाग्दैन थिए, तर एक वर्षयता पिसविन सम्पूर्ण परियोजनाको सहयोगमा पछिल्लो समय महिला मौसमी तथा बेमौसमी खेतीमा लागेका छन्”, पिसविनका कार्यक्रम अधिकृत गोविन्द थापाले भने ।

सामान्य कुखुराको चल्ला बेच्नदेखि घरको अन्य काममा पुरुष मान्छेको सल्लाहबिना काम नगर्ने ग्रामीण क्षेत्रका महिला यतिबेला व्यवसायमा सक्रिय बन्न थालेका गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए । तरकारी खेतीसँगै गाउँमा महिला समूह बनाएर कृषिमा व्यावसायिकता बनाउने काम, छाउगोठ भत्काउनेदेखि जाँडरक्सी नियन्त्रण र विकास निर्माणमा यतिबेला महिलाको उल्लेख्य सहभागिता रहेका उनको भनाइ छ ।

पिसविनले हिमाली गाउँपालिका र बूढीनन्दा नगरपालिकाभित्र बसोबास गर्ने बेरोजगार किसानलाई व्यावसायिक बनाउन पोषण तथा जीविकोपार्जन सम्बन्धी काम गर्दै आएको छ । वडामा महिला समूह गठन गरेर कृषिमा आधुनिकीकरण गर्न प्राविधिक सहयोग गर्दै तरकारी खेतीमा आत्मनिर्भर बनाउँदै आएको पिसविनका कार्यक्रम प्रबन्धक जुद्ध रावलले बताए ।

फैती गाउँमा मात्र तीन वटा महिला समूह आधुनिक तरकारी खेती गर्न लागेका छन् । सम्पूर्ण परियोजनाले प्राविधिक सहयोगदेखि बीउबिजन, टर्नेल तथा तरकारी खेती लगाउनका लागि तालीम दिएर राम्रो तरकारी फलाउन सकिएको, तर बजार अभावका कारण तरकारी बारीमै कुहिने सम्भावना रहेको तरकारी उत्पादक जनदेवी मल्लको दुखेसो रहेको छ ।

शुरुमा आफैँलाई खानका लागि शुरु गर्नुभएकी जनदेवी अहिले गाउँमै नमूना कृषकका रुपमा स्थापित भएको पिसविनका थापाले जानकारी दिइन् । बारीमा अहिले काउली, टामाटर, भिन्डी, फर्सी, बन्दा बन्दा, रायो, खुर्सानी, लौका करेला लगायतका तरकारी फलाएर स्थानीय बजारमा बिक्री गर्ने गरेको जनदेवीले बताइन् । उनले भने, “पहिला खाद्यान्नको जोहो गर्ने निकै चिन्ता हुन्थ्यो, तरकारी खेती शुरु गरेपछि त्यो अहिले केहीरुपमा सहज भएको छ ।”

उनले यतिबेला उत्पादन भएको तरकारी धुलाचौर बजारमा लिएर बिक्री गर्ने गरेको बताएकी छन् । कृषकलाई तकारी फलाउन प्रेरित गराउन गाउँमा विभिन्न गतिविधि भइरहेका सम्पूर्ण परियोजनाका कृषि प्राविधिक नरेश सिंहले बताए । “पहिला खानका लागिखमेत तरकारी हँुदैन थियो, परियोजना लागू भएपछि समूह बनाएर तालीम दिइ प्राविधिक सहयोग गरेपछि तरकारी फलाए, तर बजार अभाव रहेको छ”, उनले भने ।

खाद्य सङ्कट भइरहने यस क्षेत्रमा महिलालाई तरकारी खेतीमा आर्कषित गर्न विभिन्न गतिविधि भइरहेका छन् । सिँचाइ व्यवस्थापन, अर्गानिक खेती, तरकारीमा लाग्ने रोग व्यवस्थापन सम्बन्धी विभिन्न तालीम दिएर महिला कृषकलाई तरकारी खेतीतिर आकर्षित गर्न लागेको कृषि प्राविधिक सिंहले बताए । गाउँमा कृषक पाठशाला, थोपा सिँचाइ र उनीहरुलाई तरकारी खेती गर्न अनुदान दिइने भएपछि पछिल्लो समय महिला तरकारी खेतीमा लागेको उनको भनाइ छ ।

वि.सं.२०७५ चैत २१ बिहीवार १२:५७ मा प्रकाशित

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

‘साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन’

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...