
२१ चैत, काठमाडौं । नेपाल बार एसोसियनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ बिजयी भएका छन् ।
प्रगतिशील समूहका श्रेष्ठले लोकतान्त्रिक समूहका सुनिल कुमार पोखरेललाई झण्डै १ सय मत अन्तरले पराजित गर्दै बारको अध्यक्षमा विजयी भएका हुन् ।
स्तै महासचिवमा प्रगतिशील समूहका सुरेन्द्र बहादुर थापालाई झण्डै ३ सय मतले पारजित गर्दै लोकतान्त्रिक समूहका लीलामणि पौडेल बिजयी भएका छन् ।
हाल सम्म प्रगतिशीलले अध्यक्षसहित ६ उपाध्यक्ष र लोकतान्त्रिकले समूहले ५ नम्बर प्रदेशको उपाध्यक्ष र केन्द्रीय महासचिव पाएको छ ।
त्यस्तै एक सदस्यका लागि भने मत काउन्टीङ भइरहेको छ ।
मतपरिणामको आधिकारीक घोषणा केही समयपछि गरिने बताइएको छ ।
वि.सं.२०७५ चैत २१ बिहीवार १८:१४ मा प्रकाशित





























