back

एमटियु सङ्घर्षमा उदय राईको योगदान

वि.सं.२०७५ चैत २१ बिहीवार

315 

shares
NTC AD

दक्षिण कोरियामा अहिले रोजगार अनुमति प्रणाली लगायत अन्य प्रणालीबाट आएर काम गर्ने प्रवासी मजदुर को सङ्ख्या निरन्तर बढ्दो छ। प्रवासि मजदुर कोरियाको विभिन्न सेक्टर (उत्पादन, कृषि, निर्माण, मत्स्य आदि) मा ज्याला लिएर काम गरिराखेका छ्न यसरी ज्याला लिएर काम गर्ने मानिसहरु सबै मजदुर हुन।

यी मजदुरहरुको मजदुर ३ अधिकारहरु छन ती हुन
(क) संगठन खोल्न पाउने अधिकार
(ख) सेवा सुबिधा लगायतको माग राखी कम्पनीसंग सम्वाद गर्ने अधिकार
(ग) माग पुरा नगरेमा हड्ताल गर्ने अधिकार मजदुरका

यी ३ अधिकार अन्तर्गत मजदुरहरुले स्वतन्त्र रुपमा मजदुरकै निम्ति खोलेको संगठनलाई मजदुर संगठन  (Trade Union) भनिन्छ । यसले मजदुरको हक अधिकार प्राप्तिको बारेमा सचेत गराउन साथै अधिकार प्राप्तिकोलागि परिचालित गराउने काम गर्दछ।

कोरियामा बिभिन्न प्रणालीमा (भिषा) लामो समयदेखि बिभिन्न देशको प्रवासी मजदुरहरु आएर मजदुरी गरिरहेको छन। कोरिया मा प्रवासी मजदुरहरुले पनि आफ्नो अधिकारको उपयोग गर्दै २००५ अप्रिल २४ तारिक प्रवासी मजदुर संगठन (एमटियु) दक्षिण कोरिया को स्थापना गरेका हुन एमटियुले आफ्नो स्थापनाकालदेखि नै प्रवासी मजदुरको हकअधिकार सुनिस्चितता, तलब लगायत अन्य सेवासुविधा, कम्पनीले गर्ने भेदभाब, इपिएसको नराम्रो पक्षको सुधार (स्वतन्त रुपमा कम्पनी परिबर्तन गर्न पाउनु पर्ने) र जुन अहिले कम्पनीको लापरबाहीको कारण बेला बेलामा प्रवासी मजदुरले दुर्घटनामा परेर ज्यान गुमाउनु परेको र दोषीलाई कार्वाही माग लगायतको बिषयमा कोरियन सरकारको सम्बन्धि निकायसंग संघर्ष गर्दै आइरहेको छ ।

यो प्रवासी मजदुर संगठन (एमटियु दक्षिण कोरिया) मा कोरियामा कार्यरत सम्पुर्ण प्रवासी मजदुरहरु सदस्य हुन पाउने छन भने कोरियन नागरिक संगठनको पदाधिकारी हुन पाउने छैनन र सरकारबाट कुनै आर्थिक सहयोग लिइने छैन/लिइदैन।

एमटियु दक्षिण कोरियाको मुख्य आयश्रोत सदस्यहरुको शुल्क हो एमटियु दक्षिण कोरियालाई गतवर्ष कोरियन सरकारले मान्यता दिएको छ र यो सउल श्रम विभागमा दर्ता भएको छ अब सबै प्रवासी मजदुरले कानुनी रुपमा मजदुर गतिबिधि गर्न पाउने भएका छ्न एमटियु दक्षिण कोरियाको हालसम्म सउल, इन्चन र ख्यंगी क्षेत्रमा मात्र शाखाहरु छन :
१) सउल शाखा
२) उइजग्बु शाखा
३)सुवन शाखा
४)ओसान शाखा
५)आन्सान शाखा
६ )इन्छन शाखा
७)किम्पो शाखा
८) फ्यङ्थेक शाखा तर कोरियाको जुनसुकै क्षेत्रमा कार्यरत प्रवासी मजदुरहरु सदस्य हुन पाउने छन ।

एमटियु दक्षिण कोरिया सरकारबाट मान्यता प्राप्त गरि दर्ताहुनकोलागि यसको स्थापनाकालदेखि गरेको लामो संघर्षको चरणहरु निम्न प्रकार छन :
१) कोरियमा बीना भिषा मजदुरी गरिरहेको प्रवासी मजदुरहरुलाइ मजदुरी भिषा (Working Visa) दिनु पर्छ भन्ने माग राखी नेपाल बंगलादेश लगायत बिभिन्न देशको एक हजार प्रवासी मजदुरहरु सउल म्यन्दोगको क्याथोलिक गिर्जा घर अगाडी ३८१ दिन धर्ना बसेको थियो त्यही धर्नामा सहभागी प्रवासी मजदुरहरुको नेतृत्वमा सन २००५ अप्रिल २४ तारिक प्रवासी मजदुर संगठन एमटियु दक्षिण कोरियाको स्थापना भएको थियो ।

२) एमटियु दक्षिण कोरियालाई दर्ता गर्नको लागि २००५ मे ३ तारिक सउल श्रम बिभागमा दर्ता आबेदन बुझाईयो ।

३) २००५ मे ७ तारिक एमटियु दक्षिण कोरियाको सस्थापक अध्यक्ष अनुवार हुसेन अध्यागमन प्रहरिद्वारा पक्राउ ।

४) २००५ जुन ३ मा एमटियुको सदस्यहरुको भिषा नभएको हुनाले भिषा नभएको प्रवासी मजदुरले मजदुर संगठन खोल्न नपाउने भनि श्रम विभागले एमटियु दर्ता गर्न अस्वीकार गर्‍यो ।

५) २००५ जुन २० तारिक सउल प्रशासनिक अदालतमा श्रम विभागले दर्ता आबेदन फिर्ता गरेको बदर गरिपाउ भनि मुद्दा दायर गरियो ।

६) २००६ फेव्रुअरी ७ तारिक अदालतले दर्ता नभएको प्रवासी मजदुरहरु अध्यागमन कानुन अनुसार अबैधानीक रुपमा बसोबास गरेको हुनाले दर्ता नभएको (भिषा) प्रवासी मजदुरको मजदुर ३ अधिकार सुनिस्चित गर्न नमिल्ने भनि श्रम विभागले गरेको निर्णय सदर गर्दै फैसला गर्यो ।

७) २००६ फेब्रुअरी २२ तारिक सउल प्रशासनिक अदालतको फैसला बिरुद्द पुनराबेदन अदालतमा रित दायर गरियो ।

८) २००६ अप्रिल २४ तारिक संगठन दर्ता आबेदन फिर्ता मुद्दाको सुनुवाई साथै स्वास्थ्य खराबीको कारणले केहि समयको लागि तत्कालीन अध्यक्ष अनुवार हुसेन रिहा ।

९) २००७ फेब्रुअरी १ तारिक सउल पुनराबेदन अदालतले श्रम विभागले संगठन दर्ता नगर्नु अन्याय हो ,सबै प्रवासी मजदुरको मजदुर अधिकार सुनुस्चित हुनु पर्छ भनि एमटियुको पक्षमा फैसला गर्‍यो ।

१०) श्रम विभागले फेब्रुअरी २३ तारिक पुनराबेदन अदालतको फैसला मान्य नहुने भनि सर्बोच्च अदालतमा पुन रिट दायर गर्‍यो (८ बर्ष ४ महिनासम्म कुनै फैसला भएन चाडो फैसला गर्नकोलागि दबाबमुलक कार्यक्रम शुरु गरिएको थियो) ।

११) २००७ नोवेम्बर २७ तारिक बिहान ९ बजेतिर दोश्रो अध्यक्ष काजिमान खापुंग, उपाध्यक्ष राजु गुरुङ, सचिब मासुम (बंगलादेश) सबै जनालाई एकसाथ पक्राउ गरी डिसेम्बर १३ तारिक स्वदेश फिर्ता गरियो।

१२) २००८ मे २ तारिक बेलुकी ८ बजेतिर तेश्रो अध्यक्ष तोर्ण लिम्बु एमटियु कार्यालय अगाडी लुकिरहेको १० जना अध्यागमन प्रहरीद्वारा पक्राउ उपाध्यक्ष सोबोरु आफ्नो कोठा छेउमा लुकेर बसेको र प्रहरी बिना अनुमति कोठामा प्रवेश गरि पक्राउ गर्‍यो। मानब अधिकार संघमा मुद्दा चलिरहेको अवस्थामा यसलाई पनि बेवास्ता गर्दै मे १५ तारिक जबरजस्ती देश निकाला गरिदियो।

१३) २०११ फेब्रुअरी १० तारिक इपिएसबाट आएको चौथो अध्यक्ष मिसेल कतुरिया (फिलिपिन) कम्पनी परिबर्तन झुटा रुपमा गरेको भन्ने आरोप लगाइ अध्यायगमनले एकतर्फी भिषा रद्द गरिदियो ।

१४) २०११ सेप्टेम्बर १५ तारिकमा भिषा रद्द गरेको बिरुद्दमा अदालतमा मुद्दा दाएर गरियो ।

१५) २०१२ डिसेम्बरमा मिसेल कातुरिया फिलिपिन फिर्ता जानु भयो ।

१६) २०१२ मा वर्तमान अध्यक्ष उदय राईले कार्यवाहक अध्यक्ष समाल्नु भयो।

१७) २०१४ मा भएको एमटियु अधिबेशनबाट उदय राई अध्यक्ष मा चयन हुनुभयो र एमटियुलाई श्रम बिभागमा दर्ता गराई छाड्ने र कोरियामा wps  को लागि रात दिन लागि पर्ने सङ्कल्प लिनुभयो। अध्यक्ष राईले शुरुमा कोरियामा प्रवासी मजदुरको रुपमा काम गर्दा आफु साथै सबै प्रवासी मजदुरले कम्पनी, कोरियन समाजमा भोगेको बिभीन्न समस्या, भेदभाब हटाउन र अधिकार प्राप्तिको लागि गतिविधिहरु गर्ने अठोट गर्दै २००१ मा केसीटियु समानता मजदुर संगठन अन्तर्गतको प्रवासी मजदुर शाखाको सदस्य बन्नुभएको थियो त्यसपछी बिभिन्न निरन्तर संगठनको गतिबिधि गर्दै २००९ मा एमटियु सउल शाखाको अध्यक्ष पद सम्हाल्नुभएको थियो ।

१८) २०१५ अप्रिल १ देखि २०१५ जुन महिनाको ४ तारिकसम्म सर्बोच्च अदालत अगाडी प्रत्यक दिन एकल प्रदर्शन, पत्रकार सम्मेलन गरिएको थियो ।

१९) २०१५ जुन २५ तारिक ८ वर्ष ४ महिना पछी सर्बोच्च अदालतबाट पुनराबेदन अदालतको फैसलालाइ सदर गर्दै भिसा नभएको प्रवासी मजदुरले पनि मजदुर संगठन खोल्न पाउने अधिकार छ, मजदुर संगठन दर्ता गर्नु पर्छ भनि फैसल गर्‍यो । त्यति हुदा समेत श्रम दर्ता गर्न आनाकानी गरे पछि अध्यक्ष उदय राईको नेतृत्वमा श्रम बिभाग अगाडि अनिश्चित कालिन धर्ना बसेको २५ दिन पछी २०१५ अगस्ट २० तारिक एमटियु दक्षिण कोरिया सउल श्रम विभागमा दर्ता भइ दर्ता प्रमाण पत्र प्राप्त गर्न सफल भयो ।
यसको श्रेय हाम्रा अग्रज मजदुर अभियन्तालाई दिनै पर्ने हुन्छ जसले एमटियु दक्षिण कोरियाको स्थापना काल देखि लिएर एमटियु दक्षिण कोरिया दर्ता हुदासम्म जुन संघर्ष गरे बिशेषत : अध्यक्ष उदय राईको योगदान अतुलनीय छ अध्यक्ष राई कै कारण आज हामी प्रवासी मजदुरले कोरियामा एमटियु दक्षिण कोरियामा आवद्ध भएर आफ्नो हक अधिकारको लागि आवाज उठाउन पाउने अवसर प्राप्त भएको छ। उहाँकै नेतृत्वमा आईएलओको बिश्व सम्मेलनमा समेत ब्यापक रुपमा धउक को मुद्दा उठान गरिएको थियो।

रातदिन भोकतिर्खा नभनी जसरी हुन्छ मजदुर हकहितमा लागि पर्ने ब्यक्तित्व अध्यक्षको रुपमा पाउनु भनेको एमटियु दक्षिण कोरिया र हामी प्रवासी मजदुरको अहोभाग्य हो। उहाँको नेतृत्वमा प्रवासी मजदुर एकजुट भएर २५ दिने धर्नाले एमटियु दर्ता प्रमाणपत्र पाए जस्तै उहाँ कै नेतृत्वमा प्रवासी मजदुर एकजुट भएर दवाव सृजना गर्न सकियो भने ड्ब्लुपिय लागू हुनेमा दुई मत छैन।

वि.सं.२०७५ चैत २१ बिहीवार २०:०६ मा प्रकाशित

ADBL AD
त्यो पहिलो महिनावारी…

त्यो पहिलो महिनावारी…

काठमाडौँ । “ह्या उता जा ! जहिले खुट्टा चढाउँछे ।”...