
२१ चैत्र, काठमाडौँ । भरतपुर महानगरपालिका चितवनस्थित रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझामाथि विद्यार्थीले दुव्र्यवहार गरेका छन् ।
विद्यार्थीहरुले ओझाको कार्यकक्षमा प्रवेश गरी उनलाई जुत्ताको माला लगाउनुका साथै कालोमोसो दलेका छन् ।
सुत्रका अनुसार प्राध्यापक ओझाले विद्यार्थीलाई गालि गर्ने धम्क्याउने गरेका कारण विद्यार्थीहले विरोध गर्दै उनको सट्टा अर्कोले पढाइनु पर्ने माग राख्दै आएको थिए । विद्यार्थीहरुले १५–२० दिनदेखि ओझाको कक्षा समेत बहिष्कार गरेका थिए भने प्रशासनसमक्ष निवेदन दिनुका साथै डिनको कार्यालयमा तालाबन्दि समेत गरेका थिए । ओझाले १ महिनाको कोर्सलाई तिन दिनमा सकियो भनेर प्रशासनसमक्ष जवाफ दिएका थिए । प्रशासनलाई ओझाको विषयमा ध्यानाकर्षण गराउँदा पनि सुनवाई नभएपछि कारवाही गरिएको ती विद्यार्थीको भनाइ छ ।
यसैबीच हालै सम्पन्न परिक्षामा उनीप्रति रुष्ट विद्यार्थीहरुलाई छानिछानि ओझाले फेल गराइदिएका कारण विद्यार्थी आक्रोशित भएको उक्त सुत्रको भनाइ छ ।
घटनापछि प्राध्यापक ओझाले केही विद्यार्थीको पहिचान गरी डिन कार्यालयमार्फत प्रशासनमा उजुरी दिएका छन् ।
वि.सं.२०७५ चैत २१ बिहीवार २०:५७ मा प्रकाशित