back
CTIZAN AD

बलात्कारीलाई जन्मकैद हुने

वि.सं.२०७५ चैत २२ शुक्रवार

570 

shares

२२ चैत, काठमाडौ । १० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धामाथि बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ । संघीय संसद्बाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संशोधन विधेयकमा पहिलेको सजायमा थप गर्दै जन्मकैदको व्यवस्था गरिएको हो । यसअघि यो कसुरमा २० वर्षसम्म कैद सजायका व्यवस्था गरिएको थियो ।

१० वर्षभन्दा कम उमेरकी बालिका, पुर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेर पुगेका महिलालाई बलात्कार गर्नेलाई जन्मकैद हुने व्यवस्था गरिएको हो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को खण्ड (क) संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । दफा २१९ को उपदफा ३ को खण्ड (ख) मा १० वर्ष वा १० वर्ष भन्दा बढी उमेरकी बालिका भए १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । शुक्रबारको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेकी छन् ।

वि.सं.२०७५ चैत २२ शुक्रवार ०७:१९ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...