२२ चैत, काठमाडौ । कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी दिएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिहरुले निकालेका हुन् । केन्द्रीत समिति शनिबार बस्दैछ ।
केन्द्रीय समितिले बहुमतका आधारमा केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्थासहितको विधान पारित गरेपछि जिल्ला सभापतिहरु असन्तुष्ट छन् ।
पार्टीका असन्तुष्ट ५० भन्दा बढी जिल्ला सभापतिको बिहीबार काठमाडौमा सम्पन्न बैठकले आगामी केन्द्रीय समिति बैठकबाट विधान परिमार्जन गर्नुपर्ने अल्टिमेट दिएको छ ।
हामी महासमिति बैठकको म्यान्डेटका आधारमा केन्द्रीय समिति बैठकबाट विधान परिमार्जन होस् भन्ने पक्षमा छौ, बैठकपछि काभ्रे जिल्ला सभापति मधु आचार्यले भने, पार्टि नेतृत्वले विशेष महाधिवेशन माग गर्छौ । कांग्रेसमा एक चौथाइ महाधिवेशन प्रतिनिधिले हस्ताक्षेरसहित माग गरेमा विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ । शुक्रबारको अन्नपुर्ण पोस्टमा नवीन झाले लेखेका छन् ।
वि.सं.२०७५ चैत २२ शुक्रवार ०८:०६ मा प्रकाशित