back

पतनको बाटोमा हिन्दु

वि.सं.२०७५ चैत २२ शुक्रवार

54 

shares

केही दिन देखि फेसबुकको भित्तामा आईरहेको एक विषय हो हिन्दु राज्य, हिन्दु धर्म र सो सँग सम्बन्धित बिषयहरु । मन देखि आफ्ना भगवान प्रतिका आघात स्नेह र श्रद्धालाई धर्म भनिन्छ । जसलाई असल कार्यले पनि बुझ्न सकिन्छ । जुन परपुर्व कालदेखि निरन्तर विभिन्न संस्कार र संस्कृति अभ्यास हुँदै आएको छ । नेपाली समाजमा लामो समय देखि अभ्यासमा आएको र नेपाली अधिकाश मानिसका रगतमै हिन्दु पोजेटिभ भएर आएको छ भलै कोही कुनै स्वार्थ र समस्याको कारण धर्म परिवर्तन गरेको किन नहोस् ।

नेपाली समाज बहुलतामा आधारित समाज हो यो पनि विर्सन हुँदैन । यहाँ बहुल जाति, भाषा, धर्म, तथा संस्कृती पाइन्छ । त्यसमा पनि हिन्दु पनि हिमाल, पहाड साथै तराईमा समेत एकै धर्मका भिन्न संस्कृतिको अभ्यास भएको पाईन्छ । यो परिस्थितिमा हामी एकल धर्मको वकालत गर्नु कत्तिको सान्र्दभिक हुन्छ यो गम्भिरताको साथ मनन् गर्नु पर्दछ । धर्मको अभ्यास जबरजस्त हुन सक्दैन । यो मनैदेखि आउनु पर्दछ । वर्तमान समयमा पश्चिमाहरुको झोलेहरुले नेपालमा जवरजस्त धर्ममा हमता तथा परिबर्तन गर्न लागेका छन । भने कति स्वतस्फूत रुपमा धर्म परिवर्तन गरेको पाइन्छ । हिन्दु अनुयायीले आफ्नो धर्म मान्ने समुदाय धर्म परिबर्तनको लर्काेमा उभिँदा चिन्तित हुनु स्वभाविकै हो तर त्यसरी धर्म परिवर्तनको कारण खोजि गर्न अझै सकेका छैनन् । धर्मका पण्डित्याई गर्ने समाजिक दमनकारीहरु आफूले समाजमा सोही धर्म मान्ने व्याक्ति माथि गरेको दमन र दुव्र्यबहार स्विकार्न सकिरहेका छैनन् यो विडम्बनाको विषय हो । हिजो संस्कृत भाषा एक समूहले मात्र अध्ययन गर्ने र अरु समूदायलाई बर्जित गरियो त्यसको फलस्वरुप आज संस्कृत भाष लोभ हुने स्थितिमा छ साथै हिन्दु धर्मका ग्रन्थ बौद्धिक र बैज्ञानिक हुँदाहुँदै पनि सबैको पहुँचमा रहन सकेको छैन ।

अब धर्म बचाउने विषय कसैको लागि सान्र्दभिक छ भने यसको मार खेपिरहेको समूदायलाई भने यसको दबदवाबाट छुट्कारा हुन खोजिरहेका छन । झट्ट हेर्दा हामी सुन्छौ यो दलित समूदाय हो तर बास्तविकता यो माात्र होइन । एक घरको ब्राह्मण समुदायका महिलाले पकाएको खानेकुरा पुरुषले खाँदैन, महिलाले पकाउने तर महिलाले खायो भने चल्दैन । यो क्रम ब्राह्मण, क्षेत्री, जनजाती हँुदै दलितका तल्लो तह सम्म यस्तै अनेकन विभेदका रुपहरु छन । डा. कुष्ण भट्टचनका अनुसार नेपाली हिन्दु समाजमा ३०० भन्दा बढि किसिमका विभेद नेपाली समाजमा अभ्यास भईरहेका छन । के यो सबै हिन्दु धर्म संग सम्बन्धित विभेदकारी संस्कृतिको अभ्यासको अन्त्य गर्ने धर्मका विद्धान मानिने मन्दिरको गुरु र यसका पण्डितहरुको होइन ? के यस्ता विकृतिका बारेमा बोल्ने उनीहरुको दायित्व होइन र ? यो समाजिक विभेदबाट जन्मिएको विकृतिमा हातेमालो गर्न धर्मका नाइकेहरुलाई कुनै दायित्व छैन र ?

ंघर नजिकको छिमेकीले आफ्नो छिमेकमा भएको भोजको निम्तो पाउदैन । छिमेकको एक जातीय रुपमा हेपिएको मान्छे समस्यामा पर्दा हाँसोको पात्र बन्छ, एकै स्थानमा सँगै भोज खान सक्दैन । शहर बाहेक गाँउमा अझैपनि मरे पछि पनि भिन्न भिन्न स्थनमा दाहसंस्कार गरिन्छ, यो सम्मको कार्यमा सहयोग र सदभाव हुँदैन भने यो कस्तो धर्म ? कस्तो संस्कार कस्तो संस्कृति ? अव नेपाली समाजमा दुई चारजनाले हिन्दु राज्य भन्दैमा, दुई चारवटा धार्मिक संगठन खोल्दैमा, दुईचार स्थानमा हस्ताक्षर गर्दैमा हिन्दु राज्यको नाममा राजनैतिक गर्दा संविधानमा राजतन्त्र आउला तर हिन्दु धर्म नेपालमा रहनेवाला छैन ।

तपाईहरुले छिमेकमा रहेको हलो जोत्ने जुठे कामी,कपडा सिलाई दिने कालो दमाई, खेलमा धान रोपिदिने कुलु मगर्नी र रोमी गरुङ तपाईको मझेरी सम्म पुग्न सक्दैनन् भने, सँगै बसेर खान सक्दैनन् रमा सुबेदी र रामु तामाङ, सविना नेपाली र मने कामी को प्रेम सफल भएनन् भने, तपाईको छोरि, आमा र श्रीमती महिनाबारी हुँदा घरबाहिरै बस्नु प¥यो भने, मन्दिरमा गएर मन्दिरमा पुजा गर्न नपाएर लगेका फूल प्रशाद लिएर फर्कनु प¥यो भने, जातको नाममा पधँेरो धारो तथा इनारबाट रित्तो गाग्री फर्कनु प¥यो भने, होटल रेष्टुरेण्टमा पैसा तिरेर पनि भाँडा माज्नु प¥यो भने, अब बुझ्नुहोस हिन्दु धर्म अस्ताउने संकेत हो ।

हामी २१ आँै शताब्दि हो भनेर चिच्याई रहदा हाम्रो हिन्दु धर्म भित्र धेरै विषयबस्तु सुधार गर्नेुपर्ने, हताउनु पर्ने र नयाँ निमार्ण गर्नु पर्ने छ । मनुस्मृतिले निमार्ण गरेको समाजिक उचनिच तथा विभेदकारी यि कुरितीलाई हिन्दु धर्म र हिन्दु समाजले त्याग्न सक्नु पर्छ । एउटै छिमेकीमा भएको भोज भतेर तथा सुख दुःखमा सहभागि हुने वातावरण तयार हुनु आवश्यक छ । जुन सुकै जातिका युवाहरुमा फक्रियको प्रेमलाई स्वीकार गरि समाजिक अन्तरघुलन गर्नु गराउनु आवश्यक छ । कुनै आधारमा जातजाति विचमा सामाजिक अन्तरलाई निर्मूल रहन सक्यो भने यो धार्मिक प्ुण्य भूमि युगौ युग सम्म नयाँ परिस्कृत हिन्दु समाजको रुपमा स्थापित हुन सक्छ । यसमा दलित, महिला तथा पीडित मात्र नभै सबै बर्ग क्षेत्रले इमान्दारिताका साथमा अहम भूमिका खेल्नु पर्दछ । धार्मिक गुरुलाई देवतासरह मान्ने हाम्रो समाजमा उनिहरुबाट अबान्छित क्रियाकलाप हुनुहुँदैन । साथै सार्बजनिक कार्यक्रमा सबैलाई समान हैसियत सृजना गर्नमा धार्मिक गुरुहरुबाट सबै जातिको समानताको विषयमा वकालत गर्ने तथा व्यबहारमा उर्तान सक्यो भने हाम्रो ्रगत हिन्दु पोजेटिभ  हुनेछन नत्र हाम्रा मनहरुमाथि उनै धर्मको दलालबाट अतिक्रम्य हुने पक्का छ । हिन्दु राज्य होइन, हिन्दु समाज निमार्ण गर्नुछ भने आजै देखि सबै जाति समुदाय परिवर्तनको बाटोमा लाग्न जरुरी देखिन्छ । परिवर्तन आजैबाट आफैबाट शुरु गरौ अन्यथा थियो रे भन्ने इतिहाँसमा पढन पाइन्छ ढुक्क हुनुहोस ।
धन्यबाद ।

 

वि.सं.२०७५ चैत २२ शुक्रवार ०९:५२ मा प्रकाशित

यात्रा अनुभूति : पुरातात्विक संरक्षणको पर्खाइमा हलेसी महादेव गूफा

यात्रा अनुभूति : पुरातात्विक संरक्षणको पर्खाइमा हलेसी महादेव गूफा

पूर्वको पशुपतीका नामले समेत चिनिने प्रख्यापत धार्मिक तिर्थस्थलको नाम हो...

दशैले जुराएको पूर्वी पहाडको भेटघाट र अनूभुती

दशैले जुराएको पूर्वी पहाडको भेटघाट र अनूभुती

प्रेमलकुमार खनाल, काठमाडौं । यसपटकको दशैमा काठमाडौंबाट जन्मस्थल इलाम गइयो...