२२ चैत, काठमाडौ । वेलायति सेनामा नेपाली यूवाहरुको भर्ति खुलेको छ । ब्रिटिस सेनाले आफ्नो वेबसाइटमा १८ वर्ष पुरा भई २८ वर्ष उमेर नपुगेका नेपाली युवाहरुलाई भर्ति गर्ने जनाएको छ ।
वेबसाइटको उक्त सुचनामा ब्रिटिस गोर्खा सैनिकमा ४३२ जना र गोर्खा कन्टीन्जेन्ट सींगापुर पुलीस फोर्सका लागि १२० जना इच्छुक युवाहरुलाई भर्ति गरीने जनाइएको छ ।
ब्रिटिस गोर्खा सैनिकमा भर्ति हुनका लागि एसएलसीमा तेस्रो डिभिजन वा एसईईमा ३ सी वा २ डि ग्रेडीङ्ग हासील गरेको हुनुपर्नेछ । पुसमा १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको युवाले ब्रिटिस गोर्खा सैनिकमा भर्तिका लागि आवेदन दिन सक्नेछन् ।
यस्तै विएमआइका लागि १८ वर्ष पुरा भइ २८ वर्ष ननाघेका युवाले आवेदन दिन सक्ने सुचनामा जनाइएको छ ।
सुचनामा जनाइएअनुसार आवेदन दिन मेसीन रीडेवल पासपोर्ट अनिवार्य हुनेछ । यस्तै कुनै अप्रेशन गरेको, आँखा टेढो भएको वा शरीरमा कुनै घाउ खत भएका युवाले भने आवेदन दिन नपाईने सुचनामा जनाइएको छ । थप जानकारीका लागि तलको लींकमा क्लीक गर्नुहोला ।
वि.सं.२०७५ चैत २२ शुक्रवार ११:०४ मा प्रकाशित






























