
२२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रममा उनले उक्त कृति विमोचन गरेका हुन् ।
आफैंअप्ठ्यारो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान गरेकामा प्रधानमन्त्री ओलीले प्रशंसा गर्दै भने, “महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ, उहाँले देशलाई गर्नसक्ने योगदान लेखेर मात्र हो, सशक्तअवस्थामा रहेका अरुहरुले उहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्न सक्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसलाई खुट्टा तान्ने प्रवृत्ति भए पनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनुपर्नेमा जोड दिएका थिए ।
वि.सं.२०७५ चैत २२ शुक्रवार १६:२० मा प्रकाशित