back
CTIZAN AD

लालीगुँरास सदुपयोग नहुँदा लाखौंको नोक्सानी

वि.सं.२०७५ चैत २२ शुक्रवार

927 

shares

२२ चैत, डडेल्धुरा । वसन्त रितुको आगमनसँगै फुल्ने लालिगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ मूल्य बराबरका नोक्सान हुने गरेको छ ।

डडेल्धुरा लगायत देशभरका वनैभरी फुलेको लालीगुराँसका फूलको उचीत उपयोग हुन नसक्दा त्यतिकै कुहीएर खेर गईरहेका छन् । लालीगुराँस फूलबाट उत्पादन हुने जुस मानव स्वास्थ्य र विभिन्न रोगको औषधिका लागिसमेत फाइदा पुग्ने भनिएता पनि त्यसको सदपयोग नहँुदा विभिन्न जिल्लाका वनहरुमा लालीगुराँस कुहिएर खेर गइरहेको हो ।

केही वर्ष पहिले डडेल्धुरामा लालीगुराँसको फूलको जुस उत्पादन हुने गरेको भए पनि पछिल्ला चार वर्षदेखि जुस उत्पादन गर्ने काम बन्द भएको छ । जिल्ला सदरमुकाममा रहेको ऋसीखोला सामुदायिक वनले तत्कालीन जिल्ला वन कार्यालय डडेल्धुरासँगको सहकार्यमा लालीगुराँसको जुस उत्पादन गर्ने गरेको भए पनि दुई समूहका बीचमा विवाद भएपछि जुस उत्पादन गर्ने कार्य बन्द भएको छ ।

लालीगुराँसको फूलको जुस स्वास्थ्यका लागि लाभकर हुन्छ । पहिला परम्परागत रुपमा जुस उत्पादन गरेको भए पनि अब उद्योग स्थापना गरेर लालीगुराँसको जुस उत्पादन गर्ने योजना रहेको ऋसीखोला सामुदायिक वन डडेल्धुराका सचिव प्रेम जैरुले बताए ।

डडेल्धुरामा उत्पादन हुने लालीगुराँस फूलको जुस सुदुरपश्चिम प्रदेशका अन्य जिल्लासहित बुटवलदेखि काठमाडौँसम्म निर्यात हुने गरेको थियो । डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रयाप्त रुपमा लालीगुराँस फूल फुल्ने भएकाले उद्योग सञ्चालन गरे आम्दानी हुनुका साथै स्थानीय बासीन्दाले रोजगारी पाउनेमा समेत विश्वास लिइएको छ ।

सामुदायिक तथा सरकारी वनहरुमा यो समयमा वनैभरी लालिगुराँस फुलेको देख्न सकिन्छ । तर त्यसको उपभोग नहुँदा केही दिनमा नै त्यसै खेर जाने गरेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका महासचिव द्धिजराज भट्टले बताए ।

लालीगुँरास फूलको जुस मात्रै उत्पादन गर्न सक्ने हो भने राजगारका साथै राम्रो आम्दानीसमेत गर्न सकिने महासचिव भट्टको भनाइ छ ।

वि.सं.२०७५ चैत २२ शुक्रवार १६:३८ मा प्रकाशित

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

सर्वोच्चमा मुद्दा विचाराधीनः धनुषा-१ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा जिल्ला निर्वाचन क्षेत्र...

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

“तपाईँलाई सधैँ माया छ”: साम्पाङको जितमा बालेनको बालेनको समर्थन र माया

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी क्षेत्र...

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको...

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

वीरगञ्ज (पर्सा) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन...