Logo
१० मंसिर २०७९, शनिबार
     Sat Nov 26 2022
E-paper
  English Edition
   Unicode
Logo

ट्राफिक प्रहरीको सुझाव, बर्षातका बेला यसरी चलाउनुहोस् सवारी



२३ चैत, काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वर्षातको बेलामा सवारी चलाउँदा विशेष ध्यान दिन सम्बन्धीत सबैलाई अनुरोध गरेको छ ।

वर्षात्को बेलामा पानीले सडक भिजेको हुनाले सवारी साधन लिएर हिड्नु अघि सवारीको जाँच गर्ने र विशेष गरी वाइपर, हेडलाइट र ब्रेक ठिक छ कि छैन भनेर चेक गर्नुपर्ने महाशाखाले सुझाएको छ ।
त्यस्तै सवारीको गति कम गर्ने, सवारी साधनबीचको दूरी बढाउनुका साथै अन्यत्र ध्यान मोड्ने (जस्तै : मोवाइल फोनको प्रयोग गर्ने र ऐनामा आफ्नो अनुहार हेर्ने र मेकअप गर्ने) गर्नु हुँदैन ।
हाल उपत्यका लगयत देशका विभिन्न स्थानमा सडक निर्माण कार्य भइरहेकोले पानी जमेको ठाउँमा ख्याल गरेर सवारी चलाउनु पर्दछ । साथै पैदल यात्रुलाई पानी छिट्याउने काम सभ्यताको सुचक नभएको पनि ट्राफिक प्रहरीले बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभा बहमुतको सरकार बनाउन १३८ सांसदको आवश्यकता पर्दछ । तर,

रुपन्देही । रुपन्देहीमा निर्माणाधिन घरको तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् ।