back
CTIZAN AD

छोराछोरीसहित आत्महत्या गर्न किन बाध्य भइन् माया ?

वि.सं.२०७५ चैत २३ शनिवार

699 

shares

२२ चैत्र, चितवन । टिनले छाएको एकतले घर । त्यस घरमा दुईकोठा । झ्याल ढोका सबै बन्द छन् । तर घरभित्र भने एकै ठाउँमा तीन वटा सलको पासो लगाएर आमा, छोरी र छोरा झुन्डीएर मृत अवस्थामा छन् ।

यो द्रश्य हो । भरतपुर महानगरपालिका वडा नं १८ सहरी क्लिनिक टोलको माया मगरको घरको । मिलन बजारमा चिया पसल सञ्चालन गरी बस्ने मायाले बिहान अवेरसम्म पसल नखोले पछी चिया खान आउने छिमेकी ग्राहक उनको घरमा पुगेर हेर्दा माया सहित छोरी र छोरा आत्महत्या गरेको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ३५ वर्षकी आमा माया आलेमगर, उनकै १५ वर्षकी छोरी विनिता आलेमगर, १३ वर्षका छोरा दिवस आलेमगरले गएराति एकै ठाउँमा सलको पासो लगाएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दुर्गा रेग्मीका अनुसार राति दश वजेसम्म भाउजुसंग गफ गरेर बसेकी मायाले रातको समयमा आत्महत्या गरेको हुनसक्ने उनले बताए । रेग्मीले भने, ‘भाउजुसंग अव म यहाँ बस्दीन काठमाण्डौ छाउनीमा नै जान्छु’ भनेर दश बजेसम्म कुरा भएको रहेछ भाउजुले अहिले नै जानु भन्दा पनि सबै व्वस्था मिलाएर जान सल्लाह दिएर गएकी रहीछन् ।

नेपाली सेनामा रहेका मायाका श्रीमान केही दिन अगाडी मात्रै विदामा घरमा आएको र अघिल्लो दिन मात्रै घुमाउनेमा रहेको घरमा गएको प्रहरी नायव उपरीक्षक रेग्मीले बताए । रेग्मीका अनुसार श्रीमान श्रीमतीमा सामान्य झगडा परेको देखिए पनि श्रीमान विक्षप्त अवस्थामा भएका कारण थप अनुसन्धान पछि मात्रै खुल्ने बताए । अहिले मृतकहरुको भिसेरा अनुसन्धानका लागि काठमाण्डौ पठाईएको रेग्मीले बताए ।

छोरी विनिता कक्षा ५ र छोरा दिवस कक्षा ७ मा स्थानीय मिलन ई. स्कुलमा अध्ययनरत थिए ।

उता मानवअधिकारकर्मि मिना खरेल यो घटना शंकास्पद भएकाले सुष्म तरिकाले अनुसन्धान हुनुपर्ने बताउछीन् । एउटी आमा आफु पनि मरेर छोरा छोरीलाई मार्न त्यति सहन नहुने भन्दै अधिकारकर्मि खरेल कि त आमाको मानसिक अवस्था घुमेको हुनुपर्छ कि भने आमालाई आत्महत्या गर्न बाध्य पारिएको हुनुपर्ने भन्दै सुक्ष्म तरिकाले अनुसन्धान गर्न उनले प्रहरी प्रशासनलाई आग्रह गरेकी छन् ।

वि.सं.२०७५ चैत २३ शनिवार १८:३३ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता

सिन्धुपाल्चोकको चीनसँगको सीमावर्ती क्षेत्र न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...