२२ चैत्र, चितवन । टिनले छाएको एकतले घर । त्यस घरमा दुईकोठा । झ्याल ढोका सबै बन्द छन् । तर घरभित्र भने एकै ठाउँमा तीन वटा सलको पासो लगाएर आमा, छोरी र छोरा झुन्डीएर मृत अवस्थामा छन् ।
यो द्रश्य हो । भरतपुर महानगरपालिका वडा नं १८ सहरी क्लिनिक टोलको माया मगरको घरको । मिलन बजारमा चिया पसल सञ्चालन गरी बस्ने मायाले बिहान अवेरसम्म पसल नखोले पछी चिया खान आउने छिमेकी ग्राहक उनको घरमा पुगेर हेर्दा माया सहित छोरी र छोरा आत्महत्या गरेको अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ३५ वर्षकी आमा माया आलेमगर, उनकै १५ वर्षकी छोरी विनिता आलेमगर, १३ वर्षका छोरा दिवस आलेमगरले गएराति एकै ठाउँमा सलको पासो लगाएर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दुर्गा रेग्मीका अनुसार राति दश वजेसम्म भाउजुसंग गफ गरेर बसेकी मायाले रातको समयमा आत्महत्या गरेको हुनसक्ने उनले बताए । रेग्मीले भने, ‘भाउजुसंग अव म यहाँ बस्दीन काठमाण्डौ छाउनीमा नै जान्छु’ भनेर दश बजेसम्म कुरा भएको रहेछ भाउजुले अहिले नै जानु भन्दा पनि सबै व्वस्था मिलाएर जान सल्लाह दिएर गएकी रहीछन् ।
नेपाली सेनामा रहेका मायाका श्रीमान केही दिन अगाडी मात्रै विदामा घरमा आएको र अघिल्लो दिन मात्रै घुमाउनेमा रहेको घरमा गएको प्रहरी नायव उपरीक्षक रेग्मीले बताए । रेग्मीका अनुसार श्रीमान श्रीमतीमा सामान्य झगडा परेको देखिए पनि श्रीमान विक्षप्त अवस्थामा भएका कारण थप अनुसन्धान पछि मात्रै खुल्ने बताए । अहिले मृतकहरुको भिसेरा अनुसन्धानका लागि काठमाण्डौ पठाईएको रेग्मीले बताए ।
छोरी विनिता कक्षा ५ र छोरा दिवस कक्षा ७ मा स्थानीय मिलन ई. स्कुलमा अध्ययनरत थिए ।
उता मानवअधिकारकर्मि मिना खरेल यो घटना शंकास्पद भएकाले सुष्म तरिकाले अनुसन्धान हुनुपर्ने बताउछीन् । एउटी आमा आफु पनि मरेर छोरा छोरीलाई मार्न त्यति सहन नहुने भन्दै अधिकारकर्मि खरेल कि त आमाको मानसिक अवस्था घुमेको हुनुपर्छ कि भने आमालाई आत्महत्या गर्न बाध्य पारिएको हुनुपर्ने भन्दै सुक्ष्म तरिकाले अनुसन्धान गर्न उनले प्रहरी प्रशासनलाई आग्रह गरेकी छन् ।
वि.सं.२०७५ चैत २३ शनिवार १८:३३ मा प्रकाशित