back

कोरियामा डढेलोबाट ४०० घर र ९०० पशुगोठ खरानी

वि.सं.२०७५ चैत २४ आइतवार

45 

shares

२४ चैत, सियोल । दक्षिण कोरियाको उत्तरपूर्वी तटीय क्षेत्रमा गतसाता फैलिएको डढेलोबाट ४०० भन्दा बढी घर र ९२० भन्दा बढी पशुगोठ डढेर क्षतिग्रस्त भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

राष्ट्रिय सङ्कटकाल घोषणा गरिएको यस डढेलोबाट उत्तरपूर्वी क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएका थिए ।

कोरियाली इतिहासमै सबैभन्दा ठूलो मानिएको यो डढेलो सियोलबाट करिब १६० किलोमिटर उत्तरपूर्वको सानो शहर गोसिङ काउन्टीमा गत बिहीबार राति शुरु भएको थियो । हावाहुरी र सुक्खाका कारण तिब्र गतिमा विस्तार भएको आगो नजिकका अरु नगर इलाकामा फैलिएको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति मून जाए-इनले आपतकालीन स्थितिको घोषणा गर्दै दशौं हजार खोज तथा उद्धारकर्मीलाई परिचालन गर्ने तथा १० वटाभन्दा बढी हेलिकप्टर परिचालन गर्ने आदेश दिनुभएको थियो । हाल आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट एक व्यक्तिको मृत्युसमेत भएको थियो । सरकारी विपद् निकायका अनुसार आगलागीबाट अरु व्यक्ति हताहत भएको खबर प्राप्त भएको छैन तर धनसम्पत्तिको ठूलो क्षति भएको छ ।
अधिकारीहरुले ७२२ जना विस्थापित व्यक्तिलाई २१ वटा आपतकालीन शिविरमा राखिएको जनाएका छन् ।

वि.सं.२०७५ चैत २४ आइतवार १३:०३ मा प्रकाशित

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत

भेन्टियान । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका...

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

बेलायतमा अध्यागमनमा कडाइः अन्तरराष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउँन सकस

लन्डन  । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई...

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

हिमपातका कारण म्युनिखमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै...

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

पेरुको खानीमा आक्रमण हुँदा ९ जनाको मृत्यु, १५ घाइते

लिमा । उत्तरी पेरुको ला लिबर्टाड विभागको पोडेरोसास्थित खानीमा शनिबार...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...