back
CTIZAN AD

पूर्वमन्त्री भन्छन्–‘सेना र पुलिसलाई पनि लोकतन्त्र देउ’

वि.सं.२०७५ चैत २४ आइतवार

660 

shares

२४ चैत, काठमाडौं । पूर्वमन्त्री रवीन्द्र श्रेष्ठले अन्याय विरुद्ध सेना र प्रहरीले पनि बोल्न पाउनुपर्ने बताएका छन् ।

हालै सरकारको निर्देशनमा दुई जना पूर्व जर्नेलहरुलाई कारबाही गर्ने सरकारी निर्णय र प्रस्तावका विपक्षमा नबोल्न सचेत गराइएको समाचारका विषयमा टिप्पणी गर्दै पूर्वमन्त्री श्रेष्ठले लोकतन्त्र सेना र प्रहरीलाई पनि आएको हुनाले अन्यायविरुद्ध उनीहरुले पनि बोल्न पाउनुपर्छ भनेर टिप्पणी गरेका छन् ।

उनले भनेका छन् ‘लोकतन्त्र सेना प्रहरीलाई पनि आएको हो, सेना प्रहरीले पनि अन्याय विरुद्ध वोल्न पाउनु पर्छ ।’

सामाजिक संजालमा राखिएको उनको भनाइ जस्ताको तस्तै
लोकतान्त्रिक गणतन्त्र सेना प्रहरीलाई पनि आएको हो । तर हालै सरकारको निर्देशनमा दुई जना पूर्वजनरलहरुलाई सरकारी निर्णय र प्रस्तावहरुका विपक्षमा नवोल्न सचेत गराईएको समाचार सार्वजनिक भएको छ ।

पूर्व सहायक रथी डा.प्रेमसिंह वस्न्यात र पूर्व सहायक रथी धर्म वानियाँले सरकारले तयार गरेको राष्ट्रिय सुरक्षा परिषदको नयाँ विधेयकका केही प्रावधानको आलोचना गर्नु भएको थियो । सो विधेयकमा सुरक्षा परिषदको वैठक पनि नराखी प्रधानमन्त्री एक्लैले सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधान राखिएको छ ।

संविधानको धारा २६७ को उपधारा ६ मा भनिएको छ, “नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, वाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णय वमोजिम राष्ट्रपतिवाट सेना परिचालनको घोषणा हुनेछ । ”

तर सरकारले पेश गरेको सो विधेयकको उपदफा ३ मा भनिएको छ, “गम्भीर राष्ट्रिय संकट उत्पन्न भएमा वा तत्काल सेना परिचालन नगरे त्यस्तो संकट उत्पन्न हुने देखिएमा र तत्काल परिषदको वैठक वस्न सम्भव नभएमा अध्यक्षले (प्रधानमन्त्री नै परिषदको अध्यक्ष हुन्छन्) सेना परिचालनकालागि नेपाल सरकार समक्ष सिफारिस गर्न सक्नेछ ।’

यस नयाँ विधेयकको निहीत उद्देश्य भनेको प्रधानसेनापतिलाई छल्ने मात्रै हो । किनभने मन्त्रीपरिषदको वैठक वस्न सक्ने र राष्टपतिकहाँ सिफारिस पु¥याउन समय हुने, तर प्रधान सेनापति सहितको वैठक वस्न नसक्ने परिस्थितिको कल्पना नै वेइमानीपूर्ण छ ।

सुरक्षा परिषदमा प्रधानमन्त्री सहित केही मन्त्रीहरु र प्रधानसेनापति रहने गर्दछ । प्रधानसेनापति सहित प्रधानमन्त्री र केही मन्त्रीहरुको वैठक चाहिँ वस्न सक्ने स्थिति नहुनु तर प्रधानसेनापति वाहेकको मन्त्रीपरिषदको वैठक वसेर निर्णय गरी राष्ट्रपतिलाई सेना परिचालनको सिफारिस गर्ने समय परिस्थिति हुनु भनेको प्रधानसेनापतिलाई छल्ने जाली झेली षडयन्त्र वाहेक केही होइन ।

मन्त्रीपरिषदको वैठकमा मुख्य सचिव वा एक जना सचिव अनिवार्य उपस्थिति हुनु पर्दछ, जसले सबै माइन्युट लेख्ने र सदर गर्ने गर्दछ । मुख्य सचिव उपस्थित वैठक वस्न सक्ने स्थिति हुनु तर प्रधानसेनापति सहित प्रधानमन्त्री र केही मन्त्रीहरुको वैठक वस्न नसक्ने स्थितिको काल्पनिक कहानी वनाएर प्रधानमन्त्री एक्लैले सुरक्षा परिषदको निर्णय भनेर सेना परिचालन सिफारिसको अधिकार दिने विधेयक वनाउनु भनेको सरकारको सेनाप्रतिको अविश्वास मात्रै हो ।

यस्तो गैर संवैधानिक विधेयकको विरोध गरेको भनेर दुई पूर्व जनरलहरुलाई सरकारले चेतावनी, सल्लाह, आदि जे नामले भएपनि पत्र दिएर सचेत गराउनु भनेको सेना प्रहरी आदिमा रहेका नेपालीहरुको लोकतान्त्रिक अधिकारको हनन् हो ।

सरकारी सुविधा लिनेले सरकारको विरोध गर्न नपाउने भए प्रतिपक्षी सांसदहरु र शिक्षक कर्मचारी प्राध्यापक आदि कसैले पनि सरकारको विरोध गर्न नहुने हुन्छ । तर अरुले पाउने सेना प्रंहरीले मात्रै गलत कुराको विरोध गर्न नपाउने भन्ने तर्क गलत छ ।

नेपालको ०६२÷६३ को आन्दोलनको वेलामा र त्यसपछि यदि नेपाली सेना र प्रहरीले राजतन्त्रलाई नै राख्ने भनेर अडान लिएको भए यति सजिलै लोकतान्त्रिक गणतन्त्र आउने थिएन । वास्तवमा लोकतान्त्रिक गणतन्त्र ल्याउन सेना प्रहरीका अधिकृत तथा जवानहरुको पनि महत्वपूर्ण भूमिका छ ।

तसर्थ सेना प्रहरीलाई पनि लोकतन्त्रको अधिकार स्वतः हुनु पर्दछ । ज्ञानेन्द्र र पंचायती व्यवस्थाका समर्थकहरु देखि सबैलाई त लोकतन्त्र दिइएको वेलामा सेना प्रहरीलाई वोल्न समेत प्रतिवन्ध लगाइनु तानाशाही काम हो ।

साथै सेना प्रहरीमा पनि निजामति र अन्य सरकारी निकायहरुमा जस्तै संगठनको अधिकार समेत हुनु पर्दछ । होइन भने अन्यत्रपनि खारेज हुनु पर्दछ ।’

वि.सं.२०७५ चैत २४ आइतवार १३:४८ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...