back

सोमबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने

वि.सं.२०७५ चैत २४ आइतवार

39 

shares

२४ चैत, काठमाडौ ।  पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

उक्त वायुको प्रभावले आज देशभरि नै आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भू-भागका एक दुई स्थानमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । उनका अनुसार सोमबार पश्चिमी क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने छ । मध्य र पूर्वी क्षेत्रको मौसम भने एक-दुई दिन प्रभावित नै हुने मौसमविद् पौडेलले बताए । काठमाडौँ उपत्यकामा भोलिबाट मौसम सुधारहँुदै जाने बताइएको छ ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय रेखा, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको समिश्रणको प्रभावले देशैभरको मौसम प्रभावित भएको महाशाखाले जनाएको छ ।

राति देशभरी नै आंशिकदेखि सामान्य बदली रही पश्चिमी भू-भागका एक- दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि देशका पूर्वी भू–भागमा आंसिकदेखि पूर्ण बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावन रहेको बताइएको छ ।

मङ्गलबार देशको पूर्वी र मध्य भू-भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम १३ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १७ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।

वि.सं.२०७५ चैत २४ आइतवार १४:३५ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

२४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे÷नगरेका विषयमा २४...