back
CTIZAN AD

फेरि शक्तिमा फर्किए माल्दिभ्सका पूर्व राष्ट्रपति

वि.सं.२०७५ चैत २४ आइतवार

561 

shares

२४ चैत, माले, माल्दिभ्स । माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीद फेरि शक्तिमा फकिएका छन् ।

पूर्ववर्ती सरकारले भ्रष्टाचारको आरोप लगाएपछि निर्वासनमा रहेका नशीद स्वदेश फर्किएको पाँच महिनापछि फेरि निर्वाचन मार्फत् शक्तिमा आएका हुन् ।

शनिबार भएको संसदीय निर्वाचनमा उनको पार्टीले अत्यधिक मत प्राप्त गरेको आइतबार विवरण सार्वजनिक गरिएको छ ।

नशीदको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडिपी)ले नाटकीय रुपमा दुई तिहाई जित हासिल गरेको छ । माल्दिभ्समा कुल ८७ सदस्यीय संसद रहेको छ ।

अत्यधिक मतका साथ जित हासिल गरेको एमडिपीका ५१ वर्षीय नेता नशीदले स्थिरता र लोकतन्त्रका लागि काम गर्ने र राजनीतिक सङ्कट र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

विजयी भएपछि राजधानी मालेमा आइतबार उनले भने, “शान्ति स्थापनाका लागि काम गर्नु हाम्रो सरकारको मुख्य दायित्व हुनेछ ।”

उनको प्रमुख राजनीतिक प्रतिद्वन्द्वी पूर्व राष्ट्रपति अब्दुल्ला यमिन भने यस पटक निर्वाचनमा सहभागी हुनु भएको थिएन । तर उनको पार्टी प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स सहभागी भएपनि चार सिट मात्रै जितेर समग्रमा नराम्रो पराजय भोग्न बाध्य भएको छ ।

गत सेप्टेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा नशीदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भएका थिए । उनीसँग पराजित भएका तत्कालिन राष्ट्रपति यमिनले निर्वासनमा बस्न बाध्य पारिएका नशीद गत निर्वाचनमा सोलिह विजयी भएपछि मात्रै स्वदेश फर्किएका थिए ।

पूर्व राष्ट्रपति यमिन शक्तिमा भएका बेला नशीदलाई विवादास्पद आतङ्कवाद सम्बन्धी मुद्दा लगाएर १३ वर्ष जेल सजाय सुनाइएको थियो । गत वर्ष राष्ट्रपति परिवर्तन भएपछि उनलाई दिएको जेल सजाय रद्द गरेर रिहा गरिएको थियो ।

सेम्टेम्बरमा भएको निर्वाचनको बेला तत्कालीन विपक्षी दलका नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिहबाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन् । सोलिह निर्वाचित भएपछि उनले राजनीतिक बन्दीहरूका मुद्दा तत्काल फिर्ता लिने अभियानका क्रममा नशीदलाई पनि स्वदेश फकाईएको हो ।

अहिलेको भने नशीदको पार्टीका नेता सोलिहले नेतृत्वको सरकारले यमिनलाई अनेक मुद्दा लगाएको छ । माल्दिभ्समा प्रतिशोधको राजनीति चर्किदै गएको छ ।

वि.सं.२०७५ चैत २४ आइतवार १६:३० मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...