back
CTIZAN AD

दोहोरो अंकले बढेपछि शेयर बजारमा उत्पाह

वि.सं.२०७५ चैत २४ आइतवार

651 

shares

२४ चैत, काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको वृद्धि भएको छ कारोबारीमा उत्साह छाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव १६ विन्दुले बढेर एक हजार १८२ दशमलव ३६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४१ विन्दुले बढेर २५२ दशमलव ९८ विन्दुमा पुगेको छ ।

कूल १६८ कम्पनीको १८ लाख ८७ हजार ३७३ कित्ता शेयर रु ५४ करोड ३९ लाख ५५ हजार ६४२ मूल्यमा खरीद भएका छन् । कारोवार भएका दश उपसमूहमध्ये आज चार उपसमूहको शेयर घटेको छ भने पाँच उपसमूहको शेयर बढेको छ । यस्तै उत्पादन उपसमूहको शेयर भने कुनै कारोबार भएन ।

जलविद्युत् २ दशमलव ७५, निर्जीवन बीमा १९ दशमलव २१, उत्पादन ५ दशमलव ८२ र लघुवित्त शुन्य दशमलव ९५ विन्दुले घटेको छ । यस्तै बैंकिङ २८ दशमलव १९, होटल १३, विकास बैंक १४ दशमलव ९९, वित्त एक दशमलव ७८ र जीवन बीमा शुन्य दशमलव १२ विन्दुले बढेको छ ।

स्टकका अनुसार कारोवार रकमका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु छ करोड ७१ लाख ८४ हजार २५८, एनएमबी बैंकको रु तीन करोड ३१ लाख ७४ हजार ९३०, सानिमा माइ हाइड्रोपावरको रु दुई करोड ५५ लाख ८९३, प्रभु बैंकको रु दुई करोड २२ लाख सात हजार ९७३, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रु दुई करोड २० लाख ६४ हजार ५७५, प्राइम बैंकको रु दुई करोड तीन लाख १० हजार ८१०, नेपाल बैंकको रु एक करोड ८७ लाख ३५ हजार ६२७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार एनआइसी एशिया बैंकका शेयरधनीले ६ दशमलव ३६, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ६, कुमारी बंैंक ४ दशमलव ९८, कन्काइ विकास बैंक ४ दशमलव ९२ र भागर्व विकास बैंक ४ दशमलव ८५ प्रतिशतले कमाएका छन् ।

यस्तै, युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९ दशमलव २५, सिन्धु विकास बैंक सात दशमलव शुन्य चार, सामुदायिक लघुवित्त वित्तीय संस्था पाँच दशमलव शुन्य सात, चौतारी लघुवित्त वित्तीय संस्था चार दशमलव ९५, नेपाल सेवा लघुवित्त वित्तीय संस्था तीन दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।

वि.सं.२०७५ चैत २४ आइतवार १६:४० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...