
फिनल्याण्डमा रहेका लोक गायक नविन भट्टराईको ‘आमा’ नामक गीति एल्बम बजारमा आएको छ ।
शिव सुवेदीको लय तथा शब्द रहेको उक्त गीत नविन भट्टराईको आफ्नै गायनमा रहेको छ । गायक भट्टराईको यो तेस्रो प्रस्तुति हो । यअघि उनले चर्चित लोकगीत ‘तिम्रै झल्को दियो’ र ‘नसोध कसैलाई’ बजारमा ल्याएर दर्शक स्रोताको मनमा घर बनाइसकेका छन् ।
गुल्मीको ढुसैनी घर भइ एक दशकदेखि फिनल्याण्डमा कार्यरत रहेका भट्टराईको उक्त गीति एल्बममा फिनल्याण्ड लगायत नेपालका विभिन्न ठाउमा छायांकन गरिएको छ ।
उक्त गीति एल्बम स्मृति तिमिल्सिनाको निर्देशन, प्रकाश धमलाको सम्पादन र गुरुआमा फिल्म प्रोडक्सनद्धारा तयार गरिएको हो ।
वि.सं.२०७५ चैत २४ आइतवार १६:५६ मा प्रकाशित