
२५ चैत, काठमाडौ । नौ वर्षअघि विमानस्थलको स्टेराइज्ड क्षेत्रमा कफीसप सन्चालन गर्न दिने निर्णय हुँदा निकै विवाद भयो । विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा निजी कफीसप चल्न दिनु सुरक्षाको दृष्टिकोणले गलत भएको सुरक्षा अधिकारीहरुको विश्लेषण थियो । तर, उच्च राजनितीक दबाबका अगाडि उनीहरुको केही लागेन ।
कफी पसलको आवरणमा त्यहाँबाट अवैध धन्दा हुने गरेको आशंका धेरैले गर्दै आएका थिए । जुन शुक्रबार पुष्टि पनि भएको छ । पसलका सन्चालक सुवास श्रेष्ठ विभिन्न देशका अवैध मुद्रासहित पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा उनले पसलबाट विदेशी मुद्राको अवैध कारोबार गर्दै आएको खुलासा भएको छ ।
उनको साथबाट २२ हजार एक सय ५० थाई भाट, १० हजार अमेरिकन डलर, ८० हजार चिनियाँ युआन र एक हजार तीन सय ८० युरो बरामद भएको छ । राजस्व अनुसन्धान विभागले श्रेष्ठदम्पतीलाई थुनामा राखी कारबाही अघि बढाएको छ । सोमबारको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।
वि.सं.२०७५ चैत २५ सोमवार ०७:३८ मा प्रकाशित






























