back
CTIZAN AD

नेपाली नारी समाज पोर्चुगलको अध्यक्षमा जयकला राई

वि.सं.२०७५ चैत २५ सोमवार

576 

shares

नेपाली नारी समाज पोर्चुगलको अध्यक्षमा जयकला राई निर्विरोध निर्वाचित भएकी छन् ।
समाजको उपाध्यक्षमा मिनामाया खरेल, बिमला आचार्य, हरिमाया घले र तनुजा प्रसाई (अल्गार्भ) निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा सीता श्रेष्ठ, सचिवमा पुनम गौतम, गीता रेउले, कोषाध्यक्षमा जोत्सना अधिकारी, सहकोषाध्यक्षमा देवी घले र सदस्यहरुमा सजना पौडेल, डिल्लीकुमारी परियार, सम्झना अधिकारी, जानकी लामा, प्रितु योञ्जन, फुटी शेर्पा, अनिता पौडेल, गङ्गा सापकोटा, लक्ष्मी परियार, बिन्दु लामा र आस्मा काफ्ले रहेका छन् ।

पोर्तुगलका लागि पर्यटनदूत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यद्वय नरेन्द्रबहादुर हमाल र पेम्बा शेर्पा, एनआरएनए अध्यक्ष कुबेर कार्की, नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका कावा अध्यक्ष राजेन्द्र शेर्पा, नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्यालले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए ।

यसैगरी जनसम्पर्क समिति पोर्तुगलका उपाध्यक्ष रमेश कँडेल, संघीय समाजका अध्यक्ष सोम शेर्पा, अन्तर्राष्ट्रिय नेपाली मञ्चका अध्यक्ष धन शेर्पा, जनप्रगतिशील मोर्चाका महासचिव प्रदीप अधिकारी, तामाङ समाज पोर्तुगलकी अध्यक्ष सुनिता ब्लोन तामाङलगायतले नेपाली समाजमा सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका थिए ।

पोर्चुगलमा रहेर नेपाली समाजका लागि उल्लेखनिय योगदान गरेको भन्दै नेपलीज जर्नालिष्ट क्लब पोर्तुगल, अल्ट्रा धावक आइते तामाङ, कराते खेलाडी हिक्मत घर्ती मगर, पोर्तुगलमा नेपाली नर्स इन्दिरा व्यञ्जनकार र फेशन डिजाइनर आष्मा कार्कीलाई विशेष सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

एभरेष्ट नेपाल रेष्टुरेन्ट आन्जुसमा सम्पन्न कार्यक्रममा समाजकी अध्यक्ष सीता बरालको अध्यक्षतामा महासचिव मिनामाया खरेलले सञ्चालन रहेको थियो भने कार्यक्रममा उपाध्यक्ष कला राईले शुभकामना व्यक्त गरेकी थिइन् ।

वि.सं.२०७५ चैत २५ सोमवार ०८:२६ मा प्रकाशित