
२५ चैत, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायण शर्माले राष्ट्रियता र नागरिकता नीतिबारे आठ आधारभुत सैद्धान्तिक अबधारणा सार्वजनिक गरेका छन् ।
नेता शर्माले नागरिकता नीति तय गर्दा छिमेकी मुलुकहरुका र अन्तरराष्ट्रिय सम्बन्ध, साम्राज्यवादी रणनीति, कार्यनीति, कूटनीति, चालवाजी, जालसाजी, षडयन्त्र, विभ्रम, उक्साहट, चलखेल, नियत, नियती, परिणती आदि सम्पूर्ण स्थिति र गतिविधीहरुलाई अनिवार्यरुपले महत्वपूर्ण सन्दर्भ सामग्रीको रुपमा लिनुपर्ने सुझाव समेत दिएका छन् ।
राष्ट्रिय स्वत्व, अस्तित्व, अस्मिता, स्वाधीनता, सार्वभौमिकता, अखन्डता आदिलाई विशेष प्राथमिकता, प्रधानता वा महत्व दिएर नागरिकता प्रदान गर्नुपर्ने विचार नेता शर्माले व्यक्त गरेका छन् ।
१-नागरिकहरु राष्ट्रका बासिन्दा हुन् र राष्ट्रियताका मातहत हुन्छन् ।
२-राष्ट्रिय हित सर्वोपरी, मुख्य र समग्र हो भने नागरिक हित राष्ट्रहितको अधिनस्थ, गौण र अंश हो ।
३-राष्ट्रहित प्राथमिक र निर्णायक हुन्छ भने नागरिकहित सेकेन्डरी र सहायक हुन्छ ।
४-राष्ट्रिय हितको निम्ति नागरिक हितहरुलाई आंशिक र अस्थायी रुपमा बलिदान दिनुपर्ने हुनसक्छ, हुन्छ र दिनुनै पर्छ पनि ।
५-कुनै व्यक्तिको नागरिकताको प्रमाणपत्र उक्त व्यक्तिको परिचयपत्र मात्र नभएर कुनै स्वतन्त्र र सार्वभौम राष्ट्रकै परिचयपत्र पनि हो ।
६-नागरिकता नीति तय गर्दा छिमेकी मुलुकहरुका र अन्तरराष्ट्रिय सम्बन्ध, साम्राज्यवादी रणनीति, कार्यनीती, कूटनीति, चालवाजी, जालसाजी, षडयन्त्र, विभ्रम, उक्साहट, चलखेल, नियत, नियती, परिणती आदि सम्पूर्ण स्थिति र गतिविधीहरुलाई अनिवार्यरुपले महत्वपूर्ण सन्दर्भ सामग्रीको रुपमा लिनुपर्छ ।
७-राष्ट्रियता र जनवाद- nationality and Democracy ) आपसमा अभिन्नरुपले जोडिएका र दुवै अहम् महत्वका मुद्दा हुनाले कुनै एकको निरपेक्षहित गर्दा कुनै अर्कोको निरपेक्ष अहित हुने र गर्ने अवस्था–व्यवस्था सकेसम्म गर्न\गराउनु हुदैन ।
८-जनवाद–समाजवादसम्ममा अर्थात वर्तमान साम्राज्यवादी युगमा राष्ट्रहित प्रधान र निर्णायक हुन्छ भने साम्यवादमा जनहित अर्थात नागरिकहित प्रधान र निर्णायक हुन्छ, किनभने साम्यवाद भनेको साम्राज्यवादको पराजयसङ्गै अलग–अलग स्वतन्त्र र सार्वभौम राष्ट्र र मुलुक अनि समाजका विभिन्न वर्गहरुकै अन्त्यको अर्थात् विलोपीकरण भएको अवस्था हो । त्यसैले, आजको यस साम्राज्यवादी युगमा सबै मुलुकले तत्कालीन रुपमा राष्ट्रहित वा राष्ट्रियतालाई अर्थात् राष्ट्रिय स्वत्व, अस्तित्व, अस्मिता, स्वाधीनता, सार्वभौमिकता, अखन्डता आदिलाई विशेष प्राथमिकता, प्रधानता वा महत्व दिनुपर्छ, दिन्छन् र दिनु नै पर्दछ भने दीर्घकालीन रुपमा जनहित र नागरिकहित अर्थात् जनवादलाई मुख्य प्राथमिकता, प्रधानता र महत्ता दिइने गरी नागरिकता प्रदानलगायतका कामकुराहरु गर्नु\गराउनु पर्छ, गर्छन्÷गराउँछन् तथा गर्नु\गराउनु नै पर्दछ । किनकी, नागरिकताको विषय राष्ट्रियताको विषयसङ्ग अभिन्न रुपले गाँसिएको हुन्छ ।
वि.सं.२०७५ चैत २५ सोमवार १०:०८ मा प्रकाशित






























