back
CTIZAN AD

आठौँ राष्ट्रिय खेलकूद : प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्ने

वि.सं.२०७५ चैत २५ सोमवार

627 

shares

२५ चैत, काठमाडौ । प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ ।

आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि शुरु हुने राष्ट्रिय खेलकूद परिषद् राखेपले जनाएको छ । नेपालको राष्ट्रिय खेलकूदको इतिहासमै पहिलोपटक राष्ट्रिय खेलकूदमा प्याराग्लाइडिङ खेल समावेश गर्न लागिएको हो ।

कुल छ स्वर्ण पदकका लागि विभागीय टोली नेपाली सेना र प्रदेशका तर्फबाट ४६ पुरुष र नौ महिला खेलाडी सहभागी हुने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ ९नेफा०का महासचिव शैलेन्द्र राउतले जानकारी दिए ।

प्याराग्लाइडिङतर्फ क्रसकन्ट्री र एक्यूरेसी विधा गरी दुई विधामा सञ्चालन हुनेछ । पुरुष खेलाडीतर्फको एक्यूरेसीमा ‘टिम एक्यूरेसी’ र ‘इन्डिभिजुअल एक्यूरेसी’ तथा क्रसकन्ट्रीतर्फ ‘टिम क्रसकन्ट्री’ र ‘इन्डिभिजुअल क्रसकन्ट्री’ सञ्चालन हुने महासचिव राउतले जानकारी दिए । महिलातर्फ भने ‘इन्डिभिजुअल क्रसकन्ट्री’ र ‘इन्डिभिजुअल एक्यूरेसी’मा प्रतिष्पर्धा हुनेछ ।

प्याराग्लाइडिङमा प्रदेश नं १ बाट नौ, प्रदेश ३ बाट ११, गण्डकी प्रदेशबाट १३, कर्णाली प्रदेशबाट चार र सुदूरपश्चिम प्रदेशबाट चार खेलाडी सहभागी हुनेछन् भने भने विभागीय टोली नेपाल आर्मीबाट १४ खेलाडी सहभागी छन् ।

यस पटक प्याराग्लाइडिङ प्रतिष्पर्धामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पुरुषतर्फ १० र महिला चार गरी १४ जनाको टिम तयार गरेको छ । त्रिभुवन आर्मी क्लबबाट प्रतिष्पर्धामा रहेका पुरुष दुई खेलाडी भने १८ औं एशियाडमा रजत पदक विजेता खेलाडी रहेका छन । एशियाड रजत पदक विजेता विशाल थापा र विजय गौतम त्रिभुवन आर्मी क्लबबाट प्रतिष्पर्धामा उत्रनेछन् ।

त्यस्तै १८ औँ एशियाली खेलकूदमा रजत विजेतामध्ये युवा खेलाडी यूकेश गुरुङ र शसिल गुरुङले गण्डकी प्रदेशबाट खेल्ने छन् । १८ औं एशियाडमा सहभागी महिला खेलाडी सविता तामाङ, प्रतिभा भुजेल र त्रिशा श्रेष्ठ बमजनले गण्डकी प्रदेशबाटै सहभागिता जनाउने छन । एशियाड पदक विजेता तथा टिम कप्तान विमल अधिकारी आठौँ राष्ट्रिय खेलकदूमा निर्णायकको भूमिकामा रहने महासचिब राउतले जानकारी दिए ।

प्याराग्लाइडिङ खेल आगामी वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ । गत भदौमा इन्डोनेसियामा आयोजना भएको १८ औं एशियाली खेलकूदमा पहिलो पटक सहभागिता जनाएको प्याराग्लाइडिङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएको थियो ।

वि.सं.२०७५ चैत २५ सोमवार १२:०४ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...