
२५ चैत, काठमाडौ । नेपाली कांग्रेस भित्र बैकल्पीक नेताको स्थान बनाउने प्रयास गरीरहेका पूर्व महामन्त्री कृष्ण प्रसाद सीटौला सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा नजाने भएका छन् । आफ्नो आधिकारीक पदावधी सकीन १० महिना मात्रै बाँकी रहेका देउवाले विभाग र कार्यसम्पादन समिति गठनमा सीटौलाको उपस्थीतीलाई नजर अन्दाज गरेपछि उनले बैठक बहिस्कारको योजना बनाएका हुन् ।
सीटौला निकट स्रोतका अनुसार पार्टी भित्र देउवा र वरीष्ठ नेता रामचन्द्र पौडेलले भागबन्डा गरेर शक्ती हत्याउन खोजे पछि आफ्नो उपस्थीती देखाउन सीटौलाले बुढानिलकण्ठ बैठक बहिस्कार गर्ने भएका छन् । सभापति देउवा निवासमा अहिले केही छिन पछि नै वरीष्ठ नेता पौडेल सहितको बैठक बस्न लागेको बताइएको छ ।
सीटौला निकट एक नेताका अनुसार देउवा र पौडेल दुबैले भागबन्डाको अन्त्य गर्ने भनेरै महाधिवेशनमा आफ्नो मत राखेपनि अहिले सम्म पार्टीलाई भागबन्डाको अन्त्य गर्ने भनेरै महाधिवेशनमा आफ्नो मत राखेपनि अहिले सम्म पार्टीलाई भागबन्डामै चलाउन खोजेकोमा सीटौलाजीको असहमती छ । उनले संसारन्युजसँग भने, सकिन्छ भागबन्डामा पद नबाडौ हैन भने महाधिवेशनमा निर्णायक मत पाएका सीटौलालाइ पनि निर्णायक भागबन्डा गरौ । उनका अनुसार यदि त्यस्तो नभए पार्टीका गतिविधिमा अवरोध आइरहन सक्छ ।
वि.सं.२०७५ चैत २५ सोमवार १३:०९ मा प्रकाशित